मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पुर्व प्रहरी संगठनको रजत जयन्ती एवं केन्द्रिय माहाधिबेशन - 2017-04-22
हेटौंडा, ९ बैशाख/नेपाल पुर्ब प्रहरी संगठनको रजत जयन्ति एवं केन्द्रिय माहाधिबेशन आज हेटौडामा सम्पन्न भएको छ । पुर्ब प्रहरी बरिष्ठ उपरिक्षक तथा पुर्ब प्रहरी संगठनका अध्यक्ष बसन्त कुँबरको अध्यक्षतामा भएको कार्यक्रममा ९४ बर्षका पुर्ब प्रहरी राईमान राईको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौँडा–१७ मा एमालेको घरदैलो - 2017-04-21
७ बैशाख / नेकपा एमालेले हेटौँडा–१७ मा विहिबार घरदैलो कार्यक्रम गरेको छ । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार भैरव राईसहितको टोलीले घरदैलो गरेको हो ।

तराईमा दोस्रो चरणमा चुनाब गराउन सकिन्छ –थापा - 2017-04-20
हेटौडा । राप्रपाका अध्यक्ष कमल थापाले मधेशी मोर्चापनि स्थानिय तहको चुनामा भागलिन आउने भएमा तराईका जिल्लामा दोस्रो चरणमा चुनाब गर्न सकिने बताउनुभएको छ । उपप्रधान तथा स्थानिय बिकाश मन्त्री समेत रहनुभएका थापाले मधेशबादी दलहरु चुनाबमा भाग लिन आएमा दोस्रो चरणमा त्यस क्षेत्रमा चुनाब गर्नका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षि दल एमाले समेत सहमत भएको बताउनुभयो । राप्रपा मकवानपुरले आज हेटौडामा गरेको चुनाबी आमसभालाई संबोधन गर्दै उहाँले २० बर्षपछी हुन लागेको स्थानिय तहको चुनाबमा भाग लिनका लागि मधेशबादी दलहरुलाई आग्रह समेत गर्नुभएको छ । निर्बाचन बहिस्कार जस्तो कठोर निणय नर्गनका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–स्थानिय तहको चुनाबमा भाग नलिने कठोर निणय नगर्नुस ।’

मनहरी गाउँपालिकालाई सम्बृद्ध बनाउन धेरै समय नलाग्नेः उप्रेती - 2017-04-20
बैशाख ७ ÷नेकपा एमाले ३ नं प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले प्राकृतिक स्रोत सम्पन्न मनहरी गाउँपालिकालाई सम्बृद्ध बनाउन धेरै समय नलाग्ने बताएका छन् । नेकपा एमाले मनहरी गाउँपालिका वडा नं ७ को वडा सम्पर्क कार्यालय उदघाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनी एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी पनि हुन् ।

सामुदायिक बिद्यालयमा गुणस्तरिय शिक्षाका लागि भाबि कार्यक्रम सम्बन्धी अन्तरकृया - 2017-04-20
बैशाख ७ /सामुदायिक बिद्यालयमा गुणस्तरिय शिक्षाका लागि भएका प्रयासहरु र भाबि कार्यक्रम सम्बन्धी आज हेटौडामा अन्तरकृया कार्यक्रम भएको छ । क्षेत्रिय शिक्षा निर्देशनालय मध्यमाञ्चल हेटौडा र जिल्ला शिक्षा कार्यालय मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । मध्यमाञ्चलका दश जिल्लाका उत्कृष्ट सामुदायिक बिद्यालय, सम्बन्धित जिल्लाका शिक्षा कार्यालयले गरेका कामका बिषयमा प्रस्तुतीकरण गरिएको थियो ।

हेटौंडा ३ र १३ मा माओबादी केन्द्रको सम्पर्क कार्यालय - 2017-04-20
नेकपा (माओवादी केन्द्र ) मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी चोकमा निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । पार्टीका वडा अध्यक्ष अशोक वलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

समृद्ध बकैया निर्माण गर्नको लागि एमाललेलाई मतदान : बाइवा - 2017-04-20
बैशाख ७ /नेकपा एमाले बकैया गाउँपालिकाका सहसंयोजक तथा स्थानीय निर्वाचनमा बकैया गाउँपालिकामा एमालेका अध्यक्ष पदका उम्मेद्वार दलबहादुर बाइवाले समृद्ध बकैया निर्माण गर्नको लागि एमाललेलाई मतदान गर्नको लागि आग्रह गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि राप्रपाबाट अधिकारी - 2017-04-20
बैशाख ७ /राप्रपा मकवानपुरले हेटौडा उपमहाँनगरपालिकाको मेयर पदका लागि पार्टीका पुर्ब केन्द्रीय सदस्य मधु अधिकारीलाई उमेदवार बनाएको छ ।

सरकारले तोक्यो म्यादी प्रहरीको तलब, ५५ दिनको ५१ हजार - 2017-04-20
वैशाख ७ – सरकारले म्यादी प्रहरीको तलव भत्ता तोकेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद बैठकले म्यादी प्रहरीको तलव भत्ता तथा सेवा सुविधा तोकेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top