मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


दुईवटा ट्रक ठोक्किँदा एकजनाको मृत्यु - 2017-04-23
चितवन, वैशाख १० – चितवनमा दुईवटा ट्रक ठोक्किँदा एकजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् ।

गढी गाउँपालिका नेकपा एमाले निकटका बुद्धीजिबीहरुको भेला - 2017-04-22
बैशाख ९–मकवानपुरको गढी गाउँपालिकामा नेकपा एमाले निकटका बुद्धीजिबीहरुको भेला आज भएको छ । गढी गाउँपालिका वडानंमबर ५ धादिङमा भेला भएको हो । कार्यक्रमलाई संबोधन गर्दै एमाले गढी गाउँपालिकाका अध्यक्षका उमेदवार बिदुर हुमागाँईले यस गाउँपालिकामा बिकाश र समृद्धी ल्याउनका लागि एमालेलाई जिताउन आबस्यक रहेको बताउनुभयो ।

मुलुकलाई समृद्धीतर्फ उन्मुख गराउनका लागि काग्रेसलाई मतदान : डिना - 2017-04-22
नेपाली काग्रेशका केन्द्रीय सदस्य महाँलक्ष्मी डिना उपाध्यायले मुलुकलाई समृद्धीतर्फ उन्मुख गराउनका लागि काग्रेशलाई मतदान गर्नुपर्ने बताउनुभएको छ ।

हेटौंडा ९ मा एमाले भेला - 2017-04-22
बैशाख ९–आसन्न स्थानीय चुनावलाई लक्षित गर्दै नेकपा एमाले हेटौंडा उपमाहानगरपालीका वडा नम्बर ९ मा आज व्यापक जनसहभागिताका बीच भेला सम्पन्न भएको छ ।

हेटौंडा ९ मा राप्रपाको घरदैलो - 2017-04-22
बैशाख ९–राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौडा उपमाहानगरपालीका ९ नम्बर वडा कमिटीले आज वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघ केन्द्रीय अध्यक्षमा अधिकारी - 2017-04-22
९ बैशाख/नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघको सातौ अबिधेशनबाट मकवानपुरका उद्योगि ब्याबसायी माधब अधिकारी केन्द्रीय अध्यक्षमा निर्बाचित हुनुभएको छ । आज बिहान चितवनमा भएको महाँसंघको अबिधेशनले अधिकारीको नेतृत्वमा दश सदस्य कार्यसमिति चयन गरेको छ ।

मुक्तिनाथबाट छुटेको बस कागवेनीमा दुर्घटना, पाँच जनाको मृत्यु - 2017-04-22
पोखरा, वैशाख ९ – प्रसिद्ध तीर्थस्थल मुक्तिनाथबाट मुस्ताङको सदरमुकाम जोमसोम आउँदै गरेको ना ५ ख ६०६७ नम्बरको बस साढे १२ कागवेनीको उकालोमा पल्टिँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान गुमाउनेको परिचय खुलिसकेको छैन ।

सञ्चार तथा सामाजिक परिचालन सम्बन्धि अन्र्तक्रिया - 2017-04-22
हेटौंडा ९ बैशाख/भूकम्प प्रभावित समूदायको पूर्नअवस्था र प्रतिरोध क्षमता प्रर्वद्धनका लागि सञ्चार तथा सामाजिक परिचालन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

जिल्ला स्तरिय दिने अभिमुखिकरण कार्यक्रम - 2017-04-22
हेटौंडा ९ बैशाख/समुदायको बिपद प्रतिकार्यका लागि क्षमता बिकाश कार्यक्रम आज हेटौडामा भएको छ । नेपाल रेडक्रस सोसाईटी मकवानपुर साखाको आयोजनामा जिल्ला स्तरिय सरोकारवालाहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top