मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौंडा ६ नम्बरमा एमालेको चुवानी सभा - 2017-04-23
हेटौंडा १० बैशाख–हेटौडा उपमहाँनगरपालिका वडानंमबर ६ मा आज एमालेको चुनाबी सभा भएको छ ।

महायज्ञबाट ३२ लाख ४९ हजार रुपैंया बचत - 2017-04-23
हेटौंडा १० बैशाख–गढि गाउँपालिका वडा नम्बर २ स्थित बँशगोपाल माध्यामिक बिद्यालयले कृषि प्रविधिक शिक्षा तथा जग्गा खरीद सहयोगार्थ आयोजना गरेको श्रीमद् भागबत सप्ताह ज्ञान महायज्ञमा ३२ लाख ४९ हजार रुपैंया बचत भएको छ ।

थाहा नगरपालिकामा माओवादी केन्द्रको मेयर र उपमेयरको उम्मेद्वार घोषणा - 2017-04-23
हेटौंडा १० बैशाख–उत्तरी मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको लागि मेयर र उपमेयरको उम्मेद्वार घोषणा गरेको छ ।

पत्रकार महासंघ मकवानपुरको ३ वर्षे योजना निर्माण - 2017-04-23
हेटौंडा १० बैशाख–नेपाल पत्रकार महासंघ मकवानपुर साखाले आफ्नो प्रारम्भिक कार्ययोजना निर्माण गरेको छ । महासंघका अध्यक्ष हरिप्रसाद हुमागाईको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको दोस्रो नियमित मासिक बैठकले ३ वर्षमा गर्ने कार्य योजना निर्माण गरेको हो ।

सरकारले ठुला उद्योगिहरुलाई काखा र साना उद्योगिलाई पाखा गरेको हेटौडाका उद्योगिहरुको गुनासो - 2017-04-23
हेटौंडा १० बैशाख–सरकारले ठुला उद्योगिहरुलाई काखा र साना उद्योगिलाई पाखा लगाउने गरेको हेटौडाका उद्योगिहरुले गुनासो गरेका छन् । उद्योग संघ मकवानपुरको आयोजनामा नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघका नबनिर्बाचित अध्यक्ष सहितलाई आज हेटौडामा गरिएको सम्मान कार्यक्रममा यस्तो गुनासो गरिएको हो । कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघका नबनिर्बाचित अध्यक्ष माधब अधिकारीले सरकारले औद्योगिक क्षेत्र भन्दा बाहेकका ठुला उद्योगिलाई सबैखालका सुबिधा दिएपनि औद्योगिक क्षेत्रभित्र रहेका साना उद्योगिलाइृ नहेरिएको आरोप लगाउनुभयो ।

बाजुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु, ९ घाइते, उद्दारमा समस्या - 2017-04-23
बाजुरा, वैशाख १० – बाजुराको बडिमालिका नगरपालिका–१ गडुलपाखामा जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । मार्तडीबाट गौमुल गाउँपालिकाका लागि छुटेको से १ झ ६३९ नम्बरको जिप दुर्घटना हुँदा गैमुल– ६ कि ४५ वर्षिया लाली रोकाया र गैमुल– का २१ वर्षिया रकेट रोकायाको ज्यान गएको छ ।

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु - 2017-04-23
मकवानपुर, वैशाख १२ – हेटौडा उपमहानगरपालिका–९ कर्रामा आइतबार बिहान गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । हेटौडाबाट पथलैयाका लागि छुटेको ना ६ ख १०९१ नम्बरको ​ट्यांकरले ना ७ प ९६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घनश्याम बञ्जराको ज्यान गएको हो । बञ्जरा मकवानपुरगढी गाउँपालिका–६ का स्थानीय हुन् ।

पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु - 2017-04-23
पाल्पा, वेशाख १० – पाल्पामा आइतबार दिउँसो भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन छुटेको लु १ ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ भलाएवासमा दुर्घटनामा परेको हो ।

चारवटा प्रदेशमा दोस्रो चरणमा चुनाव हुने, आयोगसँग परामर्शपछि टुंगो लाग्ने - 2017-04-23
काठमाडौं, वैशाख १० – सरकार र आन्दोलनरत दलहरुबिच १, २, ५ र ७ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमा गर्ने सहमति भएपनि यसको टुंगो लाग्न बाँकी छ । नवघोषित राष्ट्रिय जनता पार्टी राजपाका नेता राजेन्द्र महतोका अनुसार दोस्रो चरणको चुनाव जेठ ३१ गते गर्ने सहमति भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top