मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी     बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल     शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


दूध राम्रो कि दही ? - 2017-04-30
दूधलाई फर्मेन्टेसन गरी दही बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ । दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्छ, फलस्वरुप दही बन्छ । यसलाई प्रोबायोटिक कल्चर पनि भनिन्छ ।

तीन दिनअघि बेपत्ता बालकको हत्या - 2017-04-29
१६ वैशाख । सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा आज बिहान शव फेला परेको छ । बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

एकैचोटी दोहोरी गायिका ज्योती लोहनीको तीन ओटा कोसेली - 2017-04-29
नेपाली लोकदोहोरीको क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल सुमधुर स्वरकी धनी गायिका ज्योती लोहनीले एकैसाथ तीन ओटा सांगीगित कोसेली लिएर हामी माझमा छाएकी छिन । यस अघिपनि धेरै गीत मार्फत सबैको मन जित्न सफल ज्योतीले केही समयको अन्तराल पछि पुनः नयाँ कोसेली हामी माझमा पस्कीनु भएको हो । बिभिन्न महोत्सब तथा कार्यक्रमहरुमा प्रत्यक्ष दोहोरी गायनमा चर्चित अनि अब्बल ज्योती सबैको रोजाईको गायिका रुपमा पनि चिनिन्छ । उनै गायिकाले हामीलाई पस्कनु भएको कोसेलीहरु हेर्नुहोस‘‘।।

सरकारलाई झड्का, निर्वाचनको बीचमा बजेट ल्याउने कार्य आचारसंहिता विपरित - 2017-04-29
बैशाख १६– निर्वाचन आयोगले दुई चरणमा हुने स्थानीय तह निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरित हुने ठहर गरेको छ । सरकारले निर्वाचनकै बीचमा बजेट ल्याउने तयारी गरिरहेको बेला निर्वाचन आयोगले यस्तो ठहर गरेको हो । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलले निर्वाचनको बीचमा बजेट ल्याइने चुनावमा प्रभाव पर्न सक्ने भन्दै विरोध गर्दै आएको थियो ।

नारायणी मलमा नेपालमानै पहिलो पटक नाईन डि भिआर - 2017-04-28
हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ ।

अवैधानिक नेपालीलाई सहयोग गर्न दूतावासका कर्मचारी साउदीका विभिन्न ठाउँमा पुग्ने - 2017-04-28
काठमाडौं, वैशाख १४ – साउदीले दिएको आम माफीको अवसरमा नेपाली दूतावासले दिने सेवा उपलब्ध गराउन अप्रिल २८ अर्थात वैशाख १५ गते शुक्रबार दूतावासका कर्मचारी हायल जाने भएका छन् ।

नयाँशक्ति मकवानपुरमा अर्को झड्का - 2017-04-27
मकवानपुर/नयाँ शक्ति मकवानपुरमा एकपछि अर्को झड्का लागिरहेको छ । यो झड्का पार्टी परित्यागका कारण लागेको हो । पार्टीका जिल्ला परिषद् सदस्य तथा नयाँ शक्ति विद्यार्थी युनियनका जिल्ला संयोजक श्रवणकुमार बर्तौलाले पार्टी परित्याग गरेका छन्। उनी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रातोमाटेबाट लागु औषध अफिम सहित एकजना पक्राउ - 2017-04-27
हेटौडा १५ रातोमाटेबाट लागु औषध अफिम सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

टिकादेबि जोसी स्मृति पुरस्कारबाट आज बिभीन्न बिधाका पाँच जना पुरस्कृत - 2017-04-27
टिकादेबि जोसी स्मृति पुरस्कारबाट आज बिभीन्न बिधाका पाँच जनालाई पुरस्कृत गरिएको छ । हेटौडा स्कुलअफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोसीले आफ्नी आमाको नाममा स्थापना गरेको पुरस्कारबाट आज बिभीन्न बिधाका पाँचजनालाई पुरस्कृत गरिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top