मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता कायमै - 2017-05-15
मकवानपुरको एकमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । थाहा नगरकै ५ नम्बर वडाबाट आफ्नो खाता खोलेको एमालेले हेटौंडा १ मा पनि आफ्नो अग्रतालाई निरन्तरता दिईरहेको छ । यस्तो छ मत परिणाम...

मोटरसाईकल दुर्घट्नामा परि एक जनाको मृत्यु - 2017-05-15
हेटौंडाबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ४४ प ३५७ नम्बरको बुलेट मोटरसाईकललाई बिरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ९१२५ नम्बरको बसले ठक्कर दिँदा हेटौंडा १६ हटिया निवासी मोटरसाईकल चालक ३० बर्षिय कमल देवकोटाको मृत्यु भएको छ । दुर्घट्नाका कारण घाईते भएका देबकोटालाई उपचारका लागि हेटौडा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अपडेट : हेटौंडामा पनि एमालेको अग्रता - 2017-05-15
अपडेट : हेटौंडामा पनि एमालेको अग्रता

वडाअध्यक्ष उम्मेदवार विप्लव कार्यकर्ताको नियन्त्रणमा परेपछि ईन्स्पेक्टरको टोली हाँडीखोलामा - 2017-05-13
मनहरी, ३० बैशाख । मनहरी १ हाँडीखोलामा नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारलाई नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बिहानै नियन्त्रण्मा लिएपछि हेटौंडाबाट ईन्स्पेक्टर मधु थापा घटनास्थलमा पुगेका छन् ।

हाँडीखोलाबाट माओवादी केन्द्रका उम्मेदवार नेकपाको नियन्त्रणमा - 2017-05-13
मनहरी, ३० बैशाख । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बिहानै नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई नियन्त्रणमा लिएको छ । मनहरी गाउँपालिका वडा नम्बर १ स्थित हाँडीखोलाबाट नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई आज बिहान करिब ४ बजे नियन्त्रणमा लिएको नेकपा माओवादी केन्द्र श्रोतले बताएको छ ।

मतदाताको परिचयपत्र बितरणको काम सुरु - 2017-05-11
२८ बैशाख–मकवानपुरका सबैजसो मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले मतदाताको परिचयपत्र बितरणको काम सुरु गरेका छन् । आजदेखि मतदानको अघिल्लो दिन ३० गते सम्म मतदाता परिचयपत्र बितरणको काम गरिने कर्मचारीहरुले बताएका छन् । आज बिहानैबाट जिल्लाका २ सय ९५ वटा मतदान केन्द्रमा मतदाता परिचयपत्र लिनेहरुको निकै भिड समेत लागेको छ ।

राष्ट्रिय एकताको लागि एमाले आबश्यक : चौधरी - 2017-05-09
२६ बैशाख–नेपाल कम्युनिष्ट पार्टि एमालेका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले राष्ट्रिय एकताको लागि एमाले आबश्यक रहेका बताएका छन् । आज हेटौंडा १६,१७ र १८ मा एमालेले आयोजना गरेको बिभिन्न स्थानमा गरेको चुनाबी सभामा बोल्दै नेता चौधरीले देशलाई एमालेको खाँचो रहेकोले स्थानिय तह निर्बाचनमा एमाले बिजयी बन्न अनिबार्य रहेको प्रष्ट पारे ।

ठूला राजनैतिक दलहरुको अकर्मण्यताका कारण देशमा संकटः थापा - 2017-05-09
२६ बैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला राजनैतिक दलहरुको अकर्मण्यताका कारण देशमा संकट आएको बताएका छन् । राप्रपा हेटौँडा वडा नम्बर ६ ले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो २० बर्ष ठूला राजनैतिक दलका कारण खेर गएको भन्दै यसले राष्ट्रिय संकट निम्त्याएको बताए ।

तामाङ प्राज्ञ सभा मकवानपुरको अन्तरक्रिया - 2017-05-08
२५ बैशाख–तामाङ प्राज्ञ सभा मकवानपुरले हेटौंडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न पदका तामाङ उम्मेदवारहरुस“ग सोमबार एक अन्तर्कृया कार्यक्रम गरेको छ । उपमहानगरपालिका अन्र्तगत उठेका तामाङ उम्मेदवारहरुस“ग विशेषतः तामाङ समुदायका हक अधिकार र जल्दाबल्दा राजनीतिक मुद्धाहरुप्रति प्रतिवद्धताकालागि कार्यक्रम आयोजना गरिएको प्राज्ञ सभा मकवानपुरले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top