मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौँडा–६ मा कांग्रेस विजयी - 2017-05-21
७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार हेटौँडा–६ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसको तर्फबाट अध्यक्षमा अर्जुनप्रसाद चौलागाईले विजय हासिल गरेका छन् ।

हेटौडा ४ को ६०० मतगणना, एमालेको अग्रता कायमै, हेटौडाको मेयरमा भने कांग्रेस अघि - 2017-05-19
हेटौंडा उपमहानगरपालिका वडा न।४ मा अहिले सम्म ६०० मतगणना भएको छ ।६०० मत गन्दा वडा न।४ मा मेयर, उपमेयरका लागि एमालेको मत बढी छ ।

हेटौंडा १८ मा एमालेको जीत, अनिल बानियाँ वडाअध्यक्ष - 2017-05-18
हेटौंडा, ४ जेठ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १८ को मतगणनामा सकिएको छ । अन्तिम मतगणनासँगै नेकपा एमालेका अनिल बानियाँ बिजेता भएका हुन् ।

मकवानपुरका चारवटा गाउँपालिकाको मतपरिणाम सार्बजनिक, एमालेको ह्याट्रीक - 2017-05-17
तीन वटामा एमालेको अध्यक्ष र उपाध्यक्ष बिजयी, एउटामा माओबादीको अध्यक्ष र एमालेको उपाध्यक्ष बिजयी भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयर तथा उपमेयरले अहिलेसम्म प्राप्त मत परिणाम, हेटौंडा २ मा मतगणना जारी, एमालेको अग्रता.... - 2017-05-17
हेटौंडा उपमहानगरपालिकाको मेयर तथा उपमेयरले अहिलेसम्म प्राप्त मत परिणाम, हेटौंडा २ मा मतगणना जारी, एमालेको अग्रता....

कमानेमा आगलागी, पसल भएको कोठा जल्यो, आगो नियन्त्रणमा - 2017-05-17
हेटौंडा, ३ जेठ । हेटौंडा ८ कमाने फारलाईन क्षेत्रमा एक घरमा आगलागी भएको छ । आगलागी किन भयो भन्ने पत्ता लागेको छैन । स्थानीय अर्जुन लामिछानेका अनुसार फारलाईन पावर हाउस नजिकै फूलमायाको घरमा आगलागी भएको हो । घरका सबै सदस्यहरु बारीमाा मकै गोड्न गएको बेलामा आगलागी भएको हो ।

१८ सय मतगणना हुँदा हेटौंडा १९ मा एमाले कै अग्रता, वडाअध्यक्षमा एमाले र नयाँ शक्तिको भिडन्त - 2017-05-16
हेटौंडा, २ जेठ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १९ को १८ सय मतगणना भएको छ ।अहिलेसम्म नेकपा एमालेकै अग्रता छ भने वडाअध्यक्षमा एमालेलाई नयाँ शक्तिले पछ्याएको छ ।

हेटौंडा उपमहानगरपालिका १९ को १३०१ मत गणना हुँदासम्मको को नयाँ मत अपडेट - 2017-05-16
हेटौंडा उपमहानगरपालिका १९ को १३०१ मत गणना हुँदासम्मको को नयाँ मत अपडेट

हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता कायमै, ताजा मत परिणाम - 2017-05-16
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को मतगणना सकेर हेटौंडा १९ को मतगणना भईरहेको अबस्थामा नेकपा एमालेले निरन्तर अग्र स्थानमा कब्जा गरेको छ । ताजा मत परिणाम हेर्नुहोस ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top