मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जनस्वास्थ्य कार्यालयका क्षयरोग अधिकृतको मोटरसाईकल दुर्घटनामा मृत्यू - 2017-07-17
२ साउन । सोमबार बिहान मोटरसाईकल दुर्घटनामा परि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरमा क्षयरोग अधिकृतका रुपमा कार्यरत कपिलदेव झाको मृत्यू भएको छ । आज हेटौंडा–१५ रातोमाटेमा लु १ प ४९९८ नम्बरको बोलेरो जीपसँग जनकपुरतर्फ जाँदै गरेको ना १ ब. १८९९ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार झा गम्भीर घाईते भएका थिए ।

मकवानपुरमा राहदानी बनाउनेको संख्यामा क्रमस घट्दै - 2017-07-16
मकवानपुर जिल्लामा गत जेठ महिनाको तुलनामा असार महिनामा राहदानी बनाउनेको संख्यामा कमि आएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको असार महिनाको आधिकारिक तथ्यांक अनुसार जेठमा भन्दा असारमा १ सय ३ जना कम राहदानी सिफारिस भएका छन् ।

मकवानपुरमा ७० प्रतिशत रोपाई सकियो - 2017-07-16
साउनको पहिलो साता सुरु भैसक्दा समेत मकवानपुरमा धान रोपाँई सक्किएको छैन । मकवानपुर जिल्लामा हाल ७० प्रतिशत मात्र रोपाई भएको जिल्ला कृर्षी बिकास कार्यालयले जनाएको छ । मकवानपुरमा रहेको ३६ हजार ५ सय ४२ हेक्टर खेतीयोग्य जमिन मध्ये वर्षे धान खेतिको लागि ११ हजार २ सय हेक्टर जमिन रहेको छ ।

कुलेखानी-सिस्नेरी सडक अवरुद्ध, कुलेखानी-फाखेलबाट गाडी सञ्चालन - 2017-07-15
हेटौंडा, असार ३१ – हेटौंडा–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–३ अन्तर्गत पर्ने सिस्नेरीको थिङडाँडामा शनिबार राति २ बजेतिर पहिरो जाँदा हेटौंडा–काठमाडौं सडक अवरुद्ध भएको छ ।

मधु अधिकारी राप्रपाको केन्द्रीय सदस्यमा मनोनित - 2017-07-14
राप्रपाका नेता मधु अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । राप्रपाका अध्यक्ष कमल थापाले मधु अधिकारी सहित देशभरबाट ४२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दै मनोनित केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा बुझाएका छन् । पशुपतिसमशेर राणा पक्षले असहमति जनाउँदै निर्णय फिर्ता लिन आग्रह गरिरहेका बेला अध्यक्ष थापाले यो नामावली निर्वाचन आयोगमा दर्ता गराइसकेको स्रोतले बतायो ।

गढी गाउँपालिकाको बजेट ३० करोड ६७ लाख - 2017-07-14
हेटौडा । मकवानपुर गढी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३० करोड ६७ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गढी गाउँपालिकाको आज भएको पहिलो गाउँसभा मार्फत गाउँपालिकाका लागि चाहिने बजेट प्रस्तुत गरिएको हो ।

बिषादी रहित तरकारीको बिक्री बितरणलाई प्रोत्साहन जोड - 2017-07-13
बिषादी रहित तरकारीको बिक्री बितरणलाई प्रोत्साहन दिनका लागि आज हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपाल फलफुल तथा तरकारी ब्याबसायी संघ मकवानपुरको १५ औ बार्षिक साधरणसभामा सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।

हेटौडा उपमहाँनगरको एक अरब २२ करोड ९० लाखको बजेट पारित - 2017-07-13
हेटौडा । हेटौडा उपमहाँनगरपालिकाको प्रथम नगरसभा बैठकले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम आज पारीत गरेको छ । आगामी आर्थिक बर्षको निति तथा कार्यक्रमबाट कुल एक अरब २२ करोड ९० लाख ३५ हजार रुपैयाँ बराबरको आय रकमको अनुमान गरेको छ । जसमध्यमा उपमहाँनगरको आनतरीक आय १९ करोड ३ लाख ७० हजार रुपैयाँ बराबरको रहेको छ ।

१२ जना द्वन्द्व प्रभाबित बालबालिकालाई छात्रबृत्ति - 2017-07-13
हेटौंडा/हाँडीखोलाका द्वन्द्व प्रभाबित १२ जना बालबालिकालाई बुधबार छात्रबृत्ति प्रदान गरिएको छ । जिल्ला बालकल्याण समिति मकवानपुरका परियाजना तथा सूचना अधिकृत रबि हमालले कक्षा ११ र १२ मा अध्ययन गरिरहेका १२ जनालाई जनही ६ हजार रुपैया“का दरले छात्रबृत्ति दिएको जानकारी दिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top