मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी     बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल     शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि... - 2017-07-21
सनराईज बैंक शाखा हेटौैडाले शुक्रबार हेटौंडा उपमहानगरपालिका उपमेयर मीना लामाको हातमा मेहेन्दी लगाइदिएको छ । बैंकले देशभरीका शाखाहरुमा आज शाखा मातहतमा रहेका महिलाहरुलाई हातमा मेहेन्दी लगाउने कार्यक्रम रहेकोले मेहेन्दी कार्यक्रम आयोजना गरेको बताएको छ ।

हेटौंडा १० बाट ३० केजी चरेश सहित सात जना पक्राउ - 2017-07-19
हेटौडा उपमहानगरपालिका वडानंम्बर १० बसपार्कबाट आज बिहान ससस्त्र प्रहरीले ठुलोपरिमाणमा लागूऔषध चरेश सहित सात जनालाई पक्राउ गरेको छ । ससस्त्र प्रहरीबल हेटौडाले बिशेष सुराकीका आधारमा ३० केजी चरेश सहित सात जनालाई पक्राउ गरेको हो । चरेश ल्याएर भारत निकासी गरिदैछ भन्ने बिशेष सुराकीका आधारमा तीन दिन सम्म लागिपरेपछी बल्ल भारतिय नंम्बर प्लेटको युपी ७८ एइ ७४०५ नंमबरको ट्याक्सी सहित भारतिय ३३ हजार ६ सय ९० रुपैयाँ पनि बरामद गरिएको ससस्त्र प्रहरीबल हेटौडाका प्रहरी नायब उपरिक्षक त्रिभुवन बिष्टले जानकारी दिनुभयो ।

अपडेट : थाहामा भएको बस दुर्घटनामा एकको ज्यान गयो, ३५ घाईते - 2017-07-18
पालुङ, ३ श्रावण/मकवानपुरको थाहा नगरपालिका १ खानीगाउँमा भएको बस दुर्घटनामा परि १ जनाको ज्यान गएको छ । डाडागाउँबाट काठमाडौ तर्फ जाँदै गरेको ना ४ ख ४५६७ नम्बरको यात्रुबाहक बस अनियंत्रित भएर सडकबाट करिब १०० मिटर तल खसेर भएको दुर्घटनामा परि कमला दोङको ज्यान गएको र अन्य ३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी घटनास्थलमा पुगेर उद्दार गरिरहेको र घाइतेहरुको उपचार भईरहेको छ ।

मकवानपुरका द्धव्द्धपिडितको ७६ लाख फ्रिज - 2017-07-18
सरकारले द्वन्द्व पीडितलाई राजश्व स्वरुप पठाएको ठुलो रकम फ्रिज भएको छ । शेरबहादुर देउवा नेतृत्वका सरकारले आर्थीक वर्ष २०७३-०७४ को अन्तिम समयमा मात्र छुट्याएको रकम वितरण गर्ने समय आर्थीकवर्ष सकिएसँगै फ्रिज भएको हो । पीडितले समयमानै रकम नपाउँदा रकम फ्रिज भएको हो ।

माले जिल्ला सचिब महत सहित नेता कार्यकर्ताहरु नेपाली काग्रेशमा प्रबेश - 2017-07-17
नेकपा मालेका केन्द्रीय सदस्य तथा जिल्ला सचिब भिमसेन महत सहितका नेता कार्यकर्ताहरु आज नेपाली काग्रेश मकवानपुरमा प्रबेश गरेका छन् । मालेका जिल्ला र नगरस्तरका केही नेता र कार्यकर्ताहरु काग्रेशमा प्रबेश गरेका थिए । पार्टी प्रबेश गरिसकेपछी महतले आफुलाई बिपीको बिचार र सिद्धान्तका कारण काग्रेशमा प्रबेश गरेको बताउनुभयो ।

हेटौंडा सिटी हस्पिटल प्रा.लि.को सोमबारबाट सेवा सुभारम्भ - 2017-07-17
२ श्रावण/हेटौंडा सिटी हस्पिटल प्रा.लि.को सेवा सोमबारबाट सुरु भएको छ । सम्पूर्ण किसिमको सुविधा सम्पन्न हस्पिटलको रुपमा स्थापना भएको भनिएको सिटी हस्पिटल प्रालिले दैनिक रुपमा जुनसुकै रोगका बिरामीहरुको सफल उपचार गर्ने जनाएको छ । हेटौंडा ९ भिन्तुनापथमा स्थापना भएसँगै सप्ताहव्यापी निःशुल्क स्वास्थ्य परिक्षण सेवा श्रावण ६ गते सम्म र श्रावण ७ गते विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा समेत गराउने भएको छ ।

श्रावणको पहिलो सोमबार मकवानपुरको शिव मन्दिरमा भक्तजनहरुको घुईचो - 2017-07-17
२ श्रावण/हिन्दु धर्मालम्वीहरुको विशेष महत्वका साथमा हेरिने सोमबारका दिन अधिकांश मन्दिरमा भक्तजनहरुको घुईचो लाग्ने गर्छ । झन साउनको पहिलो सोमबार उनीहरुको लागि अझ विशेष दिन हो । आजको दिनमा मकवानपुरकाका विभिन्न मन्दिरहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुईचो लागेको छ । साउनको पहिलो सोमबारका अवसरमा हेटौंडा–१२ पदमपोखरी बेलडाँडामा रहेको गुप्तेश्वर महादेव मन्दिरमा ठूलो बोलबम यात्रा नै आयोजना गरिएको छ ।

हेटौँडामा एन्फा कोकाकोला अन्तर विद्यालय छात्र फुटवल प्रतियोगिता हुने - 2017-07-17
२ श्रावण/हेटौँडामा एन्फा कोकाकोला अन्तर विद्यालय छात्र फुटवल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहने जानकारी गराइएको छ ।

११ वर्षकी बालिका गर्भवती भएपछि गाउँ निकाला, प्रहरीसमेत सहयोग गर्न मानेन - 2017-07-17
भोजपुर, साउन २ - भोजपुरको पूर्वी अरुण गाउँपालिका-५ याकुकी ११ वर्षकी एक बालिका गर्भवती भएपछि गाउँ निकाल गरिएको छ । छिमेकी २० वर्षका दुर्गाबहादुर श्रेष्ठले ललाई फकाइ बालिकासँग शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएको स्थानीय बासिन्दाले बनाएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top