मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग     सपथ खुवाउन माग गर्दै मनाङेले दिए निवेदन     धादिङमा २३५ किलो चरेशसहित २ जना पक्राउ     मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त     माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ?     आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या     उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


समावेशी प्रतिनिधित्वमा दलहरु अझैपनि शंकुचित : रेग्मी - 2017-07-22
७ श्रावण/अन्तर पार्टी महिला सञ्जालकी केन्द्रीय सचिवालष् सदस्य उमा रेग्मीले संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वमा दलहरु अझैपनि शंकुचित भएको बताएकी छिन् ।

मकवानपुरका किसानलाई साढे चार करोड अनुदान - 2017-07-22
७ श्रावण/मकवानपुरका किसानले जिल्ला कृषि विकास कार्यालय मकवानपुरबाट गत आर्थिक वर्ष २०७३/७४ मा करिब साढे चार करोड रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण कार्यक्रम, विशेष कृषि उत्पादन कार्यक्रम, कृषि प्रसार कार्यक्रम, बाली विकास कार्यक्रम, साना सिँचाइ कार्यक्रम र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम शीर्षकमा चार करोड ४३ लाख ८३ हजार सात सय ५० रुपैयाँ बराबरको अनुदान वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय प्रमुख निर्मल गदालले बताउनुभयो ।

थाहा उवासंघबाट न्यौपाने र सुमार्गीको सम्मान - 2017-07-22
हेटौंडा, श्रावण ७ । थाहानगर उद्योग वाणिज्य संघ, पालुङ्गले आज आफ्नै सचिवालयमा एक विशेष कार्यक्रम गरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य द्वय राजकुमार न्यौपाने तथा अरुणराज सुमार्गीको सम्मान गरेको छ ।

पत्रकार श्रेष्ठले आफ्नो छोराको जन्मदिनमा मामाघरलाई खाद्यन्न सहयोग - 2017-07-22
७ श्रावण/मकवानपुरका पत्रकार रोषन श्रेष्ठले आफ्नो छोरा सोनिस श्रेष्ठको जन्मदिनको अवसरमा वालवालिकाको संरक्षण गर्दै आएको मामाघर नेपाललाई खाद्यन्न सहयोग गरेका छन् ।

कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार - 2017-07-21
हेटौंडाको कमानेमा सवारी दुर्घटनामा गम्भीर घाईते भएका प्रहरी सहायक निरिक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी - 2017-07-21
६ श्रावण/नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार विचार गोष्ठी कार्यक्रम गरेको छ ।

सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने - 2017-07-21
मकवानपुरमा पौडिप्रतियोगिताका खेलाडी उत्पादन गर्ने उदेस्यले सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने भएको छ । हेटौडा फुडसल एण्ड सुईमिङ सेन्टरको आयोजनामा सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क रुपमा पौडि प्रशिक्षण दिन लागिएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज - 2017-07-21
काठमाडौं, साउन ६ – पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज हुनुभएको छ । साउन ४ गते मुटेको नसामा समस्या देखिएपछि नर्भिक इन्टरनेशनल असपतालमा भर्ना हुनुभएका पूर्वराजा शाह शुक्रबार डिस्चार्ज हुनुभएको हो ।

कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता - 2017-07-21
कैलाश गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । सामुदायी सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा कैलाश गाउँपालिकामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top