मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कालो बजारी गरेको भन्दै हेटौँडाका दुई वटा होटलका सञ्चालक पक्राउ । - 2017-10-16
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकामा तोकिएको भन्दा बढी मूल्यमा खाद्य तथा पेय पदार्थ बिक्री गरी कालो बजारी गरेको भन्दै हेटौँडाका दुई वटा होटलका सञ्चालकलाई पक्राउ गरेको छ ।

५ नम्बर वडा कार्यालय स्थानतरण . - 2017-10-16
हेटौंडा उपमाहानगरपालीका वडा नम्बर ५ को वडा कार्यालय आईतबार स्थानतरण गरीएको छ । पहिला वडा नमबर ५ कै सारदा खड्काको घरमा संचालन भईरहेको कार्यालय आईतबार बाट हेटौंडा ५ मा रहेको बाल ज्याती माबि अगाडी ईश्वरी कोईरालाको घरमा स्थान्तरण गरीएको हो । नयाँ वडा कार्यालयको उदघाटन हेटौडा उपमाहानगरपालीकाका मेयर हरी बाहादुर महतले गर्नु भएको हो ।

हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र - 2017-09-22
मकवानपुरको हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै आज नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले हेटौडालाई प्रदेशको राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाउनुभएको हो ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड - 2017-09-22
नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै ठुलो भएको बताउनु भएको छ । आज बिहान माओबादी केन्द्र मकवानपुरले गरेको पत्रकार समेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो–यो सरकार ठुलो भएकोमा मलाई पनि चित्त बुझेको छैन । तर संक्रमण कालिन सरकार भएकाले चित्त बुझाउनुपर्ने हुन्छ ।’ अबको निर्बाचन भनेको प्रतक्ष निर्बाचित राष्ट्रपतिय प्रणालीको हुनुपर्ने उहाँले बताउनुभयो ।

कुलेखानीको ड्याममा ६ मिटर पानी कम - 2017-08-07
२३ साउन, हेटौंडा । मकवानपुरको कुलेखानी वरपर वर्षा कम पर्दा कुलेखानीको ड्याममा पानी कम भएको छ । त्यसमाथि यो वर्ष आयोजना बढी चलाइएको छ, जसका कारण गत वर्षको भन्दा ६ मिटर पानी कम भएको छ ।

हेटौंडा तेस्रो नम्बरको सफा सहर, धनकुटा पहिलो - 2017-08-01
हेटौंडा, १७ साउन । यस वर्षको देशकै ३ सफा सहरमध्ये हेटौंडा उपहानगरपालिका तेस्रो नम्बरमा परेको छ । संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले मंगलबार हेटौंडालाई तेस्रो सफा सहरको रुपमा घोषणा गरेको हो । तेस्रो नम्बरको सफा सहर भएसँगै हेटौंडा उपमहानगरपालिकाले प्रमाणपत्र सहित ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

युवा रेडक्रस सर्कलले खुल्ला हाजिरिजवाफ प्रतियोगिता गर्ने - 2017-08-01
युवा रेडक्रस सर्कल हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को आयोजनमा मकवानपुरकै सर्वा्धिक पुरस्कार राशिको खुल्ला हाजिरिजवाफ प्रतियोगिताको आयोजना हुने भएको छ । आउँदो भदौ १७ गते आयोजना हुने प्रतियोगिताको विषयमा जानकारी दिने उदेश्यले आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक निरजसिह ठकुरीले मकवानपुरमा सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता गर्न लागेको बताए ।

बकैया गाउँपालिकाको कार्यालयमा तालाबन्दी - 2017-08-01
समृद्ध बकैया संघर्ष समितिले बकैया गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । बकैया गाउँपालिका वडा नंबर ४ शान्तिटोलमा रहेका कार्यालयमा तालाबन्दी गरेको हो ।

एमाले जिल्ला सचिव श्रेष्ठले ओम बृद्धाश्रममा मनाए जन्मदिन - 2017-08-01
नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले आफ्नो जन्मदिन आज हेटौडा २ चौकीटोलमा रहेको ओम बृद्धाश्रममा गएर मनाउनुभएको छ । हेटौडा २ निवासी श्रेष्टले आफ्नो जन्मदिनका अबसरमा बृद्धाश्रमको अक्षयकोषमा जम्माहुने गरी १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top