मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी     बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल     शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


खानेपानी सरसफाई तथा उपभोक्ता समितिको तेस्रो बार्षिक साधारण सभा सम्पन्न - 2017-10-30
हेटौँडा–१७ मा रहेको पुरानो बाँसको धारो खानेपानी सरसफाई तथा उपभोक्ता समितिको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मउवासंघमा राउतको उम्मेदवारी घोषणा - 2017-10-30
मकवानपुर उद्योग बाणिज्यसंघको आशन्न निर्बाचनमा अध्यक्ष पदमा महेन्द्र राउतले पनि उमेदवारी दिनुहुने भएको छ । हाल महासचिब रहनुभएका राउतले पुसमा हुने निर्बाचनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गर्नुभयो ।

मकवानपुर उधोग वाणिज्य संधका सचिव जापान जाने - 2017-10-28
मकवानपुर उधोग वाणिज्य संधका सचिव उज्वल चौलागाइ पन्ध्र दिने अध्ययन अवलोकन भ्रमणका लागि जापान शनिवार जापान जाने भएका छन् । जापान सरकारको सहयोगमा संचालित एओटिस कार्यक्रम अन्र्तगत हेडा जापानको निमन्त्रणामा जाने २० जना नेपाली टोलीमा मकवानपुर उधोग वाणिज्य संधका सचिव चौलागाइ जापान जान लागेका हुन । जापानको ओसाकामा हुने कार्यक्रममा सहभागि जनाउदै कर्पोरेट म्यानेजमेन्ट सम्वन्धी वर्कसपमा भागलिने वताइएको छ ।

हेटौँडा उपमहानगरपालिकामा शनिबारदेखि भुस्याहा कुकुर नियन्त्रणको पहल थालिने - 2017-10-27
हेटौँडा उपमहानगरपालिकामा शनिबारदेखि भुस्याहा कुकुर नियन्त्रणको पहल थालिने भएको छ । उपमहानगरपालिकाका प्रबन्धक बिके महर्जनका अनुसार भोलिबाट पहल थालिने भएको हो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको २२ औँ वार्षिक साधरण सभामा सम्पन्न - 2017-10-27
रेडक्रसकर्मी तटस्थ रहनु नै समाजिक सम्मानको उत्कृष्ठ सेवा पुर्याउने सस्थाँको रुपमा रेडक्रस रहने बताइएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको २२ औँ वार्षिक साधरण सभामा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा मकवानपुर शाखा सभापति सुर्यचन्द्र न्यौपानेले बताउनुभएको हो ।

रुसमा सफल अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा हेटौँडामा अन्तरक्रिया कार्यक्रमको आयोजना - 2017-10-27
रुसमा सफल अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा हेटौँडामा आज अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । सन १९१७ मा रुसमा कम्युनिष्ट नेता लेलिनको नेतृत्वमा भएको क्रान्तिको अवसर पारेर हेटौँडामा अन्तरक्रिया भएको हो ।

मकवानपुरमा मुख्य निर्बाचन अधिकृत र निर्बाचन अधिकृतको दुईवटा कार्यालयको स्थापना - 2017-10-27
मकवानपुरमा मुख्य निर्बाचन अधिकृत र निर्बाचन अधिकृतको दुईवटा कार्यालयको स्थापना गरिएको छ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्बाचनका लागि निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरको पुरानो भवनमा निर्बाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

चट्याङ प्रतिरोधी अर्थिङ टावर समुदायलाई हस्तान्तरण - 2017-10-18
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा जडान गरिएको चट्याङ प्रतिरोधी अर्थिङ टावर समुदायलाई हस्तान्तरण गरिएको छ । यूएसएआईडीको आर्थिक सहयोगमा एकिकृत ग्रामीण विकास सेवा (आईभिडिएस), मकवानपुरद्धारा सञ्चालित सबल कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण गराउने उद्धेश्यले अर्थिङ जडान गरिएको थियो । त्यही जडान गरिएको अर्थिङ टावर स्थानिय सम’दायलाई हस्तान्तरण गरिएको हो । सामुदायिक विपद् व्यवस्थापन समितिका कोषाध्यक्ष श्याम प्रसाद तिमल्सिनाको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा कायृक्रम भएको हो ।

काङग्रेस मकवानपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न । - 2017-10-16
शुभ दिपावली, नेपाल संबत तथा छठ पर्बको अबसरमा नेपाली काङग्रेस मकवानपुरले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । साथै नेपाली काङग्रेस मकवानपुरले आजै पाट्रि कार्यालय हाता भित्र महामानव वीपी कोईरालाको प्रतिमा अनावरण गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top