मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


महालक्ष्मी पुरस्कार गिरीलाई । - 2017-11-07
महालक्ष्मी विकास बैकले यस बर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७३ चितवनका हांस्य साहित्यकार धनराज गिरीलाई प्रदान गरेको छ । रु २१ हजार १ रुपैया राशी रहेको सो बैंकको १५ औं सहित्य पुरस्कारलाई समारोहका प्रमुख अतिथि डा. तुलसी भट्टराई तथा हेटौंडा शाखाका प्रबन्धक राजेश लामिछानेले हेटौंडामा संयुक्त रुपमा प्रदान गरेका हुन् ।

देशलाई समाजवादबाट अगाडि बढाउन बाम गठबन्धन आबश्यक : बिरोध खतिवडा - 2017-11-06
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेद्वार बिरोध खतिवडाले देशलाई समाजवादबाट अगाडि बढाउन बाम गठबन्धन आबश्यक भएको बताउनुभएको छ ।

कृर्षिक्षेत्र र वनक्षेत्रमा रहेर धेरै खालका उद्यमसिलतालाई अगाढी बढाउन सकिन्छ - 2017-11-06
कृर्षिक्षेत्र र वनक्षेत्रमा रहेर धेरै खालका उद्यमसिलतालाई अगाढी बढाउन सकिने हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । अन्तराष्ट्रिय प्रकृतिक संरक्षण संघ आईओसिएनको आयोजना तथा अस्मिता नेपाल मकवानपुरको संयोजनमा कृर्षि र वनमा आधारित उद्यम संचालन तथा काष्ठ हस्तकला प्रबर्दनको लागि योजना गोष्ठीका अबसरमा सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।

स्वतन्त्र उमेदवारलाई चुबना चिन्ह बितरण - 2017-11-06
मकवानपुरका दुईवटै निर्बाचन क्षेत्रमा उमेदवारी दिएका स्वतन्त्र उमेदवारलाई निर्बाचन अधिकृतको कार्यालयले चुबना चिन्ह बितरण गरेको छ ।

समृद्धिको लागि वाम गठबन्धनको जित आवश्यक : दाहाल - 2017-11-05
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले देशको समृद्धिको लागि वाम गठबन्धनको जित आवश्यक्ता भएको बताएका छन् । आज वाम गठवन्धनले हेटौँडामा गरेको क्षेत्र नंबर १ स्तरीय भेलालाई संवोधन गर्दै दाहालले मुलकले स्थायी सरकार तथा सकारत्मक सोच भएको नेतृत्वको आवश्यक्ता चाहेको भन्दै उनले त्यसको लागि बाम गठबन्धनको जित शुनिश्चित हुनुपर्नेमा जोड दिए ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा निर्वाचन परिचालन समिति गठन - 2017-11-05
आउँदो मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि एमाले निकट अनेरास्ववियु तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त भेला आज हेटौँडामा सम्पन्न भएको छ ।

यस्तो आयो इन्द्र बाँनीयाको प्रेश विज्ञप्ति - 2017-11-04
मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले त्यस क्षेत्रका मतदाताप्रति आभार व्यक्त गरेका छन् । २०७० सालको संविधासभा निर्वाचनमा विजय भएका बानियाँले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका हुन् । उनले आफुलाई विजयी गराएकोमा आभार व्यक्त गरेका छन । ४ बर्षे कार्यकालमा आफुले गरेको विकास निर्माणको कामले दशकौंदेखि यस क्षेत्रको जनताको विकासको माग र आकांक्षा पुरा गर्ने प्रयास गरेको भन्दै उनले आगामी दिनमा पनि यस काममा लागिरहने बताएका छन् ।

लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन र प्रचारप्रसार समिति गठन - 2017-11-04
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागी लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन समिति निर्माण र प्रचारप्रसार समिति गरेको छ ।

मकवानपुरमा वाम गठवन्धनको बैठक सम्पन्न - 2017-11-04
नेकपा एमाले मकवानपुर र नेकपा माओबादि केन्द्र मकवानपुरको आज संयुक्त बैठक बसी बिभिन्न निर्णयहरु गरेको छ । बैठकले नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलको संयोजकत्वमा पार्टि एकता संयोजन समिति निर्माण गरेको छ । सदस्यहरुमा कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, बद्रि लम्साल, एकालाल श्रेष्ठ, श्रीधर पोख्रेल र बलराम बल चयन भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top