मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग     सपथ खुवाउन माग गर्दै मनाङेले दिए निवेदन     धादिङमा २३५ किलो चरेशसहित २ जना पक्राउ     मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त     माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ?     आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या     उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका   

मकवानपुर समाचार

सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत


  • मकवानपुर समाचार
  • पटक पढिएको
सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको मकवानपुरमा स्वागत गरिएको छ । मकवानपुरको मनहरीमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन

सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत

'क्युपेक' मनहरी गाउँपालिका कमिटीले सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमको स्वागत गर्दै मनहरी बजारमा दीप प्रज्वलन गरेको हो ।

मनहरी बजारको मुख्य चोकमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै क्युपेक नेपालका केन्द्रीय सदस्य राजु आचार्यले सामाजिक सुरक्षा कार्यक्रमको बारेमा बेला बेलामा बहस र छलफल भई क्युपेकसहितका श्रमसम्बद्ध संगठनहरुले दबाब दिइरहेकोमा अहिले आएर मूर्त रुप लिएको बताए । यो कार्यक्रमले समग्र मजदुर क्षेत्रलाई उत्साहित बनाएको उनले सुनाए । कार्यक्रमलाई सम्बोधन गर्दै क्युपेक मकवानपुरका कोषाध्यक्ष मनोज सुवेदीले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको अबधारणाले मूर्त रुप पाएकोमा खुसी व्यक्त गरे । पत्रकार शिवकुमार काशीले पनि मजदुहरु आर्थिक र भौतिक रुपमा सुरक्षित हुने अबस्था सामाजिक सुरक्षा कार्यक्रमे ल्याएको भन्दै सरकारलाई धन्यवाद दिए । क्युपेक नेपाल मनहरी गाउँपालिका अध्यक्ष गोविन्द घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा क्युपेक नेपाल आबद्ध मजदुरहरु, शिक्षक, युवाहरु सहभागी रहेका थिए ।  




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौँडामा टिप्परको ठक्करबाट युवकको ज्यान गएपछि कान्तिलोपथ बन्द - 2018-08-06
हेटौँडा, २१ साउन । कान्ति लोकपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा आइतबार टिप्परको ठक्करबाट एक युवकको ज्यान गएपछि सुरु भएको विवादले चर्को रुप लिउको छ । स्थानीयले कान्तिलोक पथ बन्द गर्दै स्थानीयले सवारी सञ्चालनमा रोक लगाएका हुन् ।

छोराले थाहै नदिई जग्गा बेचेको थाहा पाएपछि बकैयाकी जानुका खड्का मालपोत कार्यालयमै बेहोस - 2018-07-29
मकवानपुर १३ साउन । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ३ जलजलेकी जानुका खड्का शुक्रबार दिउँसो मालपोत कार्यालय मकवानपुरमा बेहोस भईन, भुकम्पपीडित उनी नँया धर बनाउन सरकारले दिने अनुदान रकमका लागि त्यहा पुग्दा आफ्नो नाममा रहेको जग्गा बिक्रि भईसकेको थाहा पाईन् ।

पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने - 2018-05-03
थाहा नगरपालिका, च्वाईस नेपाल, डोटेरा तथा स्थानीय सहयोगमा निर्माण भईरहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ निर्माणधीन भवनको दोस्रो चरणमा सामाजिक लेखा परिक्षण तथा सार्बजनिक सुनुवाई भएको छ ।

चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते - 2018-05-02
बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन्।

हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने - 2018-04-20
नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड शुक्रबारबाट मकवानपुर जिल्लामा सित्तैमा वितरण गरिदैछ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर अन्तरगत बैशाख ३ गतेदेखी असार मसान्त सम्म सिमकार्ड उपलब्ध गराउने भएको हो । सिमकार्ड बितरणको लागि नेपाल टेलिकम हेटौंडाको कार्यालयमा निशुल्क सिमकार्ड बितरण सचिवालय सञ्चालन गरिएको छ ।

हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु - 2018-04-20
मकवानपुर, ७ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्वयम्भु डाँडामा अवस्थित टासिहिसे गुम्बाको आयोजनामा गुम्बा परिसरमा ३ दिने "फुर्वा पूजा" सुरु भएको छ । गौतम बुद्धको २५६२ औँ शुभ जयन्तीका अवसरमा सम्पूर्ण मानवजातिको सुख, शान्ति एवं समृद्धिको लागि "फुर्वा पूजा" बज्र किलाय महानपूजा तथा वाङ अभिषेकको आयोजना गरिएको हो ।

मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू - 2018-04-17
४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् ।

मनहरीमा पुरुषको बेवारीसे शव, प्रहरी अनुसन्धानमा - 2018-03-09
मकवानपुर, २५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा बुधबार फेला परेको बेवारीसे शवको अझै पहिचान खुलेको छैन । बुधबार सवारीले ठक्कर दिएर मृत्यू भएको अवस्थामा उक्त व्यक्तिको शव फेला परेको थियो ।

बकैया महोत्सवको तयारि अन्तिम, मुख्यमन्त्री पौडेलबाट उद्घाटन हुने - 2018-02-27
हेटौँडा,१५ फागुन, पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा भोली फागुन १२ गतेबाट हुने बकैया सास्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको भोली फागुन १६ गते प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

PREV 1 2 3 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top