मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

अन्तराष्ट्रिय समाचार

बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !


  • अन्तराष्ट्रिय समाचार
  • पटक पढिएको
  • कलमपाटी
जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले बिजुली गाडी चार्ज गर्ने अत्याधुनिक चार्जर बनाउने भएको छ। यो वर्षको मध्यमै सार्वजनिक हुने यी चार्जर एक ठाउँबाट अर्को ठाउँसम्म सहजै सार्न सकिनेछन्।

बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !

 यी चार्जर सबभन्दा पहिले जर्मनीकै वुल्फ्सवर्ग सहरमा राखिनेछन्। यसपछि विस्तारै अन्य सहरमा फैलाउने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यी चार्जर एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्ने सुविधा त छँदैछ, गाडी चार्ज पनि अत्यन्तै छिटो हुनेछ। एउटा बिजुली कारको ८० प्रतिशत ब्याट्री पन्ध्र मिनेटमै चार्ज हुने कम्पनीको भनाइ छ।

'बिजुली गाडी चार्ज गर्न सहज होस्, कहीँ समस्या नहोस् भनेर हामीले यस किसिमको चार्जर बनाएका हौं,' फक्गवागन समूहका बोर्ड व्यवस्थापनका अध्यक्ष थोमस स्क्मलले भनेका छन्, 'यसले बिजुली गाडी विस्तारमा एक इँटा थप गर्नेछ।'

थोमसका अनुसार यी चार्जर आवश्यक भएका कुनै पनि ठाउँमा राख्न सकिन्छ। यसनिम्ति बिजुली जडान चाहिँदैन। यो सुविधाले उपभोक्तालाई बिजुली गाडीमा आकर्षित गर्ने उनको विश्वास छ।

सार्न मिल्ने चार्जरको सफल परीक्षण सकिएकोले आगामी छ महिनामा यी चार्जर जर्मनी, वुल्फ्सवर्गमा उपलब्ध हुनेछन्। सन् २०२० सम्म अरू सहरमा पनि उपलब्ध भइसक्नेछ।

The stations - which can charge up to 4 vehicles simultaneously - can boost the batteries in an EV to 80% in just 17 minutes













यो चार्जर ३६० केडब्लुएच (किलोवाट 

घन्टा) छ। बिजुली जडान नचाहिने भएकाले जुनसुकै समतल भागमा राख्न सकिन्छ। एउटा चार्जरले १८ वटा बिजुली कारको ८० प्रतिशत चार्ज गर्न सक्छ।

यसमा संकलित चार्ज २० प्रतिशतमा झरेपछि फक्सवागन कम्पनीको निगरानी शाखामा अलर्ट बज्छ। कम्पनीले यसलाई उठाएर नयाँ चार्जर राख्नेछ। अथवा यी चार्जरलाई त्यहीँ पनि अर्को धेरै क्षमताको चार्जिङ मेसिनले चार्ज गर्न सकिनेछ।

यसमा सौर्य र वायू ऊर्जा संकलन गर्ने प्रविधि पनि छ।

अध्यक्ष थोमसका अनुसार यी चार्जर ठूल्ठूला कार्यक्रम, समारोहहरूमा उपयुक्त हुनेछन्। यसका साथै सबै ठाउँमा स्थायी चार्जर राख्न नसकिने हुँदा गाडी चालक समस्यामा पर्दै आएका थिए। सार्न मिल्ने यी चार्जरले यो समस्या कम गर्नेछ।

चार्जर कहाँ-कहाँ छन् भनेर अनलाइन वा एपमार्फत् पत्ता लाउन सकिन्छ। यसमा बिजुली गाडी र दुईपांग्रे दुवै चार्ज गर्न मिल्ने प्लग हुनेछ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नाकाबन्दीमा फसेको दार्जीलिङलाई नेपालको दाल चामल - 2017-07-09
२५ असार, इलाम । दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् ।

कोलम्बियाः डुंगा डुब्दा ६ जनाको मृत्यु, १६ बेपत्ता - 2017-06-26
असार १२ – कोलम्बियाको एक तालमा डुंगा डुब्दा कम्तिमा ६ जनाको ज्यान गएको छ । १६ जना अझै हराइरहेका छन् । कोलम्बियाको उत्तर पश्चिमी क्षेत्र ग्वाटापेमा रहेको तालमा यात्रु डुंगा डुबेको बिबिसीले जनाएको छ ।

पोर्चुगलको जंगलमा आगलागी, २५ जनाको मृत्यु - 2017-06-18
असार ४ – पोर्चुगलको जंगलमा लागेको आगलागीमा परेर २५ जनाको ज्यान गएको छ । आगलागीमा परेर २० भन्दा बढी व्यक्ति घाइते भएको पोर्चुगलको सरकारी सञ्चारमाध्यम आरटिपीले जनाएको छ ।

‘RUKUBOT TEAM NEPAL’ Participating on “First Global Challenges” - 2017-06-14
RUKUBOT TEAM, Team Nepal Participating on “First Global Challenges” at Washington DC, USA on July, 2017. Nepal commonly known as the multilingual, multicultural and multireligious country is one of the developing countries in the world. The world has moved forward in the field of Science, Technology, Engineering and Mathematics (STEM) but our country is lagging far behind due to the political instability and lack of the modern equipment and technology. But in this condition International First Committee Association has provided platform for us.

आठौं तलाबाट खसेर युएईमा एक नेपालीको ज्यान गयो - 2017-06-09
युएई, जेष्ठ २६ – युएईमा एक नेपालीको ज्यान गएको छ । मोरङको इटहरा ९ का सविन खड्काको काम गर्ने क्रममा सिँढीबाट लडेर ज्यान गएको हो ।

PREV 1 2 3 4

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top