मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

अन्तराष्ट्रिय समाचार

बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !


  • अन्तराष्ट्रिय समाचार
  • पटक पढिएको
  • कलमपाटी
जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले बिजुली गाडी चार्ज गर्ने अत्याधुनिक चार्जर बनाउने भएको छ। यो वर्षको मध्यमै सार्वजनिक हुने यी चार्जर एक ठाउँबाट अर्को ठाउँसम्म सहजै सार्न सकिनेछन्।

बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !

 यी चार्जर सबभन्दा पहिले जर्मनीकै वुल्फ्सवर्ग सहरमा राखिनेछन्। यसपछि विस्तारै अन्य सहरमा फैलाउने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यी चार्जर एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्ने सुविधा त छँदैछ, गाडी चार्ज पनि अत्यन्तै छिटो हुनेछ। एउटा बिजुली कारको ८० प्रतिशत ब्याट्री पन्ध्र मिनेटमै चार्ज हुने कम्पनीको भनाइ छ।

'बिजुली गाडी चार्ज गर्न सहज होस्, कहीँ समस्या नहोस् भनेर हामीले यस किसिमको चार्जर बनाएका हौं,' फक्गवागन समूहका बोर्ड व्यवस्थापनका अध्यक्ष थोमस स्क्मलले भनेका छन्, 'यसले बिजुली गाडी विस्तारमा एक इँटा थप गर्नेछ।'

थोमसका अनुसार यी चार्जर आवश्यक भएका कुनै पनि ठाउँमा राख्न सकिन्छ। यसनिम्ति बिजुली जडान चाहिँदैन। यो सुविधाले उपभोक्तालाई बिजुली गाडीमा आकर्षित गर्ने उनको विश्वास छ।

सार्न मिल्ने चार्जरको सफल परीक्षण सकिएकोले आगामी छ महिनामा यी चार्जर जर्मनी, वुल्फ्सवर्गमा उपलब्ध हुनेछन्। सन् २०२० सम्म अरू सहरमा पनि उपलब्ध भइसक्नेछ।

The stations - which can charge up to 4 vehicles simultaneously - can boost the batteries in an EV to 80% in just 17 minutes













यो चार्जर ३६० केडब्लुएच (किलोवाट 

घन्टा) छ। बिजुली जडान नचाहिने भएकाले जुनसुकै समतल भागमा राख्न सकिन्छ। एउटा चार्जरले १८ वटा बिजुली कारको ८० प्रतिशत चार्ज गर्न सक्छ।

यसमा संकलित चार्ज २० प्रतिशतमा झरेपछि फक्सवागन कम्पनीको निगरानी शाखामा अलर्ट बज्छ। कम्पनीले यसलाई उठाएर नयाँ चार्जर राख्नेछ। अथवा यी चार्जरलाई त्यहीँ पनि अर्को धेरै क्षमताको चार्जिङ मेसिनले चार्ज गर्न सकिनेछ।

यसमा सौर्य र वायू ऊर्जा संकलन गर्ने प्रविधि पनि छ।

अध्यक्ष थोमसका अनुसार यी चार्जर ठूल्ठूला कार्यक्रम, समारोहहरूमा उपयुक्त हुनेछन्। यसका साथै सबै ठाउँमा स्थायी चार्जर राख्न नसकिने हुँदा गाडी चालक समस्यामा पर्दै आएका थिए। सार्न मिल्ने यी चार्जरले यो समस्या कम गर्नेछ।

चार्जर कहाँ-कहाँ छन् भनेर अनलाइन वा एपमार्फत् पत्ता लाउन सकिन्छ। यसमा बिजुली गाडी र दुईपांग्रे दुवै चार्ज गर्न मिल्ने प्लग हुनेछ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अब उत्तर कोरियाको दादागिरी चल्दैन : राष्ट्रपति ट्रम्प - 2017-11-16
वासिङ्टन, कात्तिक ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउ गर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन् । उनले भने, ‘मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन ।

इरानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो - 2017-11-13
काठमाडौं, कात्तिक २७ । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १ सय ३५ जनाको मृत्यु भएको छ ।

साउदी अरेबियालाई लेबनानको प्रश्न, ‘हाम्रा प्रधानमन्त्रीको अवस्था के छ ?’ - 2017-11-12
कात्तिक २६ – लेबनानका राष्ट्रपति मिसेल आउनले प्रधानमन्त्री साद अल–हरिरीको अवस्थाका बारेमा जानकारी दिन साउदी अरेबियासँग आग्रह गर्नुभएको छ । लेबनानका प्रधानमन्त्री अल–हरिरीले गएको शनिबार रियादको एक टेलिभिजनमार्फत आफूले राजीनामा दिएको घोषणा गर्नुभएको थियो । राष्ट्रपति आउनले हप्तादिन भइसक्दा पनि राजीनामा स्वीकार गर्नुभएको छैन ।

इराकमा ४०० जनाको सामूहिक चिहान भेटियो - 2017-11-12
कात्तिक २६ – इराकमा कम्तिमा चार सयजनाको सामूहिक चिहान भेटिएको छ । इराकको हाविजा शहरमा कम्तिमा चार सयजनाको एकै ठाउँमा शव भेटिएको बिबिसीले जनाएको छ ।

हेपाटाइटिस ‘ए’ का कारण अमेरिकामा १९ जनाको ज्यान गयो - 2017-10-19
– अमेरिकाको क्यालिफोर्नियामा हेपाटाइटिस ‘ए’ का कारण १९ जनाको ज्यान गएको छ ।

चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते - 2017-08-09
साउन २५ – चीनको सिचुवान प्रान्तमा ७ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)ले जनाएको छ । भूकम्पका परेर १३ जनाको ज्यान गएको छ । १ सय ७५ जना घाइते भएका छन् ।

गैरकानूनी कामदारलाई साउदीमा साढे १३ लाख रुपैयाँ जरिवाना र जेल सजाय हुने - 2017-07-30
साउन १५ – साउदीमा आममाफीको समयपछि पनि गरैकानूनी रुपमा काम गरेको भेटिएमा ५० हजार रियाल (झण्डै १३ लाख ५० हजार रुपैयाँ) जरिवाना र ६ महिना जेल सजाय हुने भएको छ ।

एउटा बाँदरका कारण ५० हजार मानिस अँध्यारोमा - 2017-07-18
साउन ३ /बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि जाम्बियाका ५० हजार भन्दा धेरै मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका बिबिसीले जनाएको छ ।

कतारमा एक नेपालीको मृत्यु - 2017-07-10
खोटाङको ऐसेलुखर्क गाँउपालिका २ बाकाचोलका सर्बधन सुनुवारको कतारमा ज्यान गएको छ । बिहान ज्वरो आएपछि औषधी खाएर काममा गएका सर्बधन दिउँसो फर्किएर कोठामा सुत्नु भएको थियो ।

PREV 1 2 3 4 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top