मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

खेलकुद समाचार

नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित


  • खेलकुद समाचार
  • पटक पढिएको
  • कलमपाटी
काठमाण्डौ – थाइल्याण्डमा जारी टी–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले हरायो ।

नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित

थाइल्याण्ड क्रिकेट एसोसियशनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रन बनाउन सक्यो । उसकी ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन् । त्यसपछि वाङले ८, झाङ यानलिङ र ली हायुइले सात सात रन बनाए ।

बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन् ।

जवाफमा नेपालले आठ ओभर चार बलमाबिना विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल - 2017-09-22
काठमाडौं, असोज ६ – १६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिच खेल २–२ को बराबरी भएको छ ।

नेपालले पायो १९१ रनको लक्ष्य - 2017-07-20
काठमाडौं, साउन ५ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा अफगानिस्तानले नेपाललाई एक सय ९१ रनको लक्ष्य दिएको छ । सिंगापुरमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ४ बलमा १० विकेट गुमाएर १ सय ९० रन बनाएपछि नेपालले १ सय ९१ रनको मध्यम लक्ष्य पाएको हो ।

को बन्ला भारतीय क्रिकेट टिमको प्रशिक्षक ? धेरैको नजरमा वीरेन्द्र सहवाग - 2017-06-26
काठमाडौं । मुख्य प्रशिक्षक अनिल कुम्बलेले मंगलबार प्रशिक्षक पदबाट राजीनामा दिएपछि भारतीय क्रिकेट टोली हाल प्रशिक्षकबिहीन छ । हाल वेष्ट इन्डिजको भ्रमणमा रहेको भारतीय टोलीले प्रशिक्षकबिना नै घरेलु टोलीसँग एकदिवसीय क्रिकेट सिरिज खेलिरहेको छ ।

युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित - 2017-05-25
जेठ ११ – म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । फाइनलमा अजाक्सलाई २(० गोल अन्तरले हराउँदै म्यानचेष्टर युनाइटेडले उपाधि जितेको हो ।

हेटौंडामा एमालेको अग्रता, काँग्रेस दोस्रो स्थानमा - 2017-05-15
हेटौंडा, १ जेठ । हेटौंडा उपमहानगरपालिकाको अहिले मतगणना हुँदैछ । वडा नम्बर १ को मतगणना हुने क्रममा अहिले ४ सय मत गनिसक्दाको अबस्थामा नेकपा एमालेका हरिबोल महतले १६ मतले काँग्रेसका आनन्नदराम पराजुलीलाई पछि पारेका छन् । त्यस्तै उपमेयरमा एमालेकी मीना लामाले १०३ मतको अन्तरले काँग्रेस माओवादी केन्द्र गठबन्धनका बलराम बललाई पछि पारेकी छिन् ।

गड्यौला खाएरै विश्व कीर्तिमान, जसले दिनहुँ खान्छन् छेपारोदेखि झुसिलकिरासम्म - 2017-05-02
उनले साङला पनि खान्छन् । उनको सबैभन्दा मनपर्ने खानेकुरा चाहीँ बिच्छी हो । अनि उनले गड्यौला खाएर विश्वकिर्तिमान कायम गरेका छन् । भारतको तमिल नाडुस्थित कोइम्बटोरमा बस्ने २७ वर्षका जोन पिटरले सबैभन्दा धेरै किरा फट्यांग्रा खाने विषयमा विश्व किर्तिमान राखेका छन् ।

साहरा खोज्दै चार महिनादेखि युएईको अस्पतालमा देवीमाया - 2017-04-21
युएई । मुटु, कलेजो र मिर्गौलालगायत समस्याको उपचारका लागि युएईको एस्टर अस्पताल भर्ना भएकी एक महिला आर्थिक समस्यामा परेकी छन् । दिक्तेल नपा–६, खोटाङकी देवीमाया लामा आर्थिक समस्यामा परेकी हुन् । मुटु, कलेजो, मिर्गौला र रगतको समस्याले एकसाथ सताइएकी श्रेष्ठको उपचारमा रकम अभाव भएपछि उनको परिवारले सबैसँग सहयोगको याचना गरेको छ । श्रीमान लोकेन्द्र श्रेष्ठले चार महिनाको अस्पताल बसाइका क्रममा उठेको १ करोड १२ लाख रुपैयाँ तिर्न र थप उपचार गर्न रकम अभाव भएको दुखेसो गरे ।

फ्रान्समा आइएस लडाकुको आक्रमण, एक प्रहरीको मृत्यु दुई घाइते - 2017-04-21
वैशाख ८–फ्रान्सको राजधानी पेरिसमा इस्लामिक स्टेट (आइएस) का लडाकुले गरेको आक्रमणमा एक प्रहरीको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । कारमा चढेर आएका आक्रमणकारीले प्रहरीको बसमा अन्धाधुन्द गोली चलाएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रहरीको जवाफी फायरिङमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ ।

दुवईको एक कम्पनीमा आन्दोलन गर्ने कामदारको भिसा रद्द गरेर नेपाल पठाइदै - 2017-04-18
वैशाख ४ – युएईमा कामका लागि आएका ४० जना नेपाली समस्यामा परेका छन् । म्यानपावर कम्पनीले भने जस्तो सेवा सुविधा यहाँको कम्पनीले नदिए पछि उनीहरुले आन्दोलन गरेका थिए । ललितपुरको कुपोण्डोलस्थित गल्फ इनोभेसन प्रालि मार्फत दुवईमा रहेको क्लिन्को क्लिनिङ सर्भिसेस तथा विल्डिङ मेन्टिनेन्स कम्पनीमा आएका नेपाली समस्यामा परेका हुन । समस्यामा पर्नेमा १५ महिला र २५ जना पुरुष छन् । समस्यामा परेका ४० जना र उनीहरुको उक्साहटमा लागेका तथा कम्पनीमा काम गर्न नचाहने अन्य कामदारलाई समेत कम्पनीले नेपाल पठाउन लागेको छ । कम्पनीले २३ जनालाई नेपाल पठाइ सकेको छ । तत्कालै ११ जना कामदार नेपाल पठाउन लागेको र बाँकी १३ जनाको भिसा रद्द गर्ने प्रक्रियामा रहेको छ ।

PREV 1 2 3 4

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top