मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


स्थानीय तहको निर्वाचन कुनै पनि परिस्थितीमा गर्नै पर्नेः मन्त्री थानी - 2017-04-05
हेटौंडा एफएम, २३ चैत/सहकारी तथा गरिवि निवारण मन्त्री हृदयराम थानीले स्थानीय तहको निर्वाचन कुनै पनि परिस्थितीमा गर्नै पर्ने बताउनुभएको छ । कुनै पनि हालतमा निर्बाचन भएरै छाड्ने भएकाले निर्बाचन हुदैन कि भन्ने भ्रममा नपर्न उहाले सबैमा आग्रह गर्नुभएको छ । प्रेस युनियन मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थानीले सरकार हरसम्भब निर्वाचन गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

नवमिनल र सोम सेमिफाईनलमा प्रवेश - 2017-04-05
हेटौँडा,२२ चैत्ररहेटौँडामा जारी निशान लामा स्मृति चौथो सेभेन ए साईड फुटबल प्रतियोगितामा नव मिलन ‘ए’ र एफ सी सोम सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा नव मिलन ‘ए’ले नवदुर्गा क्लबलाई ७–० ले हरायो । नवदुर्गाको लागि म्यान अफ दी म्याच सुमन थापा मगरले ४, कृष्ण राईले ३ गोल ।

ज्यामिरेमा सडक स्ल्याब ढलानपछि खुसीयाली - 2017-04-04
मनहरी–मनहरी गाउँपालिका वडा नं ८ ज्यामिरेस्थित सुकौरा टोल जाने बाटोमा स्ल्याब ढलान गरिएको छ । निर्वाचन क्षेत्र भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको १० लाख रुपियाँ लगानी तथा स्थानीय जनश्रमदानबाट सडक स्ल्याब ढलान गरिएको हो । स्ल्याब ढलान अनुगमनका लागि गएका सांसद राजाराम स्याङ्तान तथा पूर्वसभासद गोविन्दराम चेपाङसहितको टोलीलाई गाउँमा भब्य स्वागत समेत गरिएको छ ।

बालजागृतिबाट ७ शिक्षकलाई विदाई - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविबाट ७ जना शिक्षकलाई विदाई गरिएको छ । विद्यालयले मंगलबार विदाई तथा शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरी सेवा निवृत्त, शिक्षक सेवा आयोगमा नाम निकालेका, सरुवा भई अन्यत्र गएका र विदेश जान लागेका गरी ७ जना शिक्षकलाई सम्मानसहित विदाई गरेको हो ।

बकैया १ मा एमालेको निर्वाचन टोल कमिटि - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/नेकपा एमाले बकैयाँ गाउँपालिका अन्र्तगत बकैया वडा नंबर १ बाफलमा निर्वाचन टोल कमिटि निर्माण भएको छ । एमाले बकैयाँ गाउपालिका सदस्य बुद्धबहादुर लोप्चनको प्रमुख आतिथ्यतामा भएको भेलाले लेखत मुक्तानको अध्यक्षतामा ३५ सदस्यीय टोल निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ ।

हेटौंडा १५ मा एमालेको बृहत वडा भेला - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रम अन्र्तगत हेटौडा उपमाहानगरपालीका वाडा नं. १५ मा आज बृहत वडा भेला गरीएको छ ।

गढी ३ मा काँग्रेसको प्रचार प्रसार समिती - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/नेपाली काँग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रमअन्र्तगत मकवानपुरको गढी गाउँपालिका वडा नं. ३ मा आज चुनावी प्रचार प्रसार समिती गठन गरीएको छ ।

अर्थमन्त्रीलाई मकवानपुर उद्योग वाणिज्य संघको ५३ बुंदे ध्यानाकर्षण पत्र - 2017-04-04
हेटौंडा एफएम, २२ चैत÷मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमका बीच बीरगञ्जमा नेपाल सरकारले यस बर्ष तर्जूमा गर्ने बजेटमा निजी क्षेत्रको विषयलाई अझ सशक्त रुपमा ल्याउन आफ्ना धारणा सहितको ५३ बुंदे ध्यानाकर्षण पत्र कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री कृष्ण बहादुर महरालाई बुझाएको छ ।

शिक्षिकाहरुको क्षमता अभिबृद्धी गर्न चार दिने तालिम सुरु - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/हेटौडा उपमहाँनगरपालिका वडानंम्बर २ मा रहेको बालजागृति बोडिङ स्कुलले बिद्यालयका शिक्षीकाहरुको क्षमता अभिबृद्धी गर्नका लागि आज देखि तालिम दिन सुरु गरेको छ । बिद्यालयका ईसिडी र प्राथमिक तहमा अध्यापन गराउने शिक्षीकाहरुको क्षमता अभिबृद्धी गर्नका लागि चार दिने तालिम दिन सुरु गरिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top