मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ     प्रदेश ३ का सांसदलाई बिदेश घुम्न २० लाख   

राष्ट्रिय समाचार

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
सानोठिमी

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । 

बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गरिएको हो । 

कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गरेको हो । 

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको थियो ।

अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।

यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ।

यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ।


किशोरको भनाई



प्रहरीको भनाई



युवती कुट्ने ५ जना विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर, इन्सपेक्टर पनि कारवाहीमा





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक - 2019-06-27
सानोठिमी

संसदमा हंगामा - 2019-06-18
काठमाडौँ

सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली - 2019-05-04
बैशाख २१, २०७६

भिमफेदी गाउँपालिका झिरघारीका भुकम्प पीडितको पिडा, चारबर्ष देखि टहरामै बास - 2019-04-28
भिमफेदी

कांग्रेसले गर्याे संसद् अवरोध - 2019-01-31
काठमाडौँ

मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी - 2019-01-29


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत - 2019-01-28
काठमाडौँ

बिराटनगरमा तनाब - 2019-01-28
विराटनगर

सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग - 2019-01-03
बलात्कार, हत्या तथा यौनहिंसाका आरोप लागेका रामबहादुर बमजनमाथि छानबिन गरी कारबाही गर्न संसदमा आवाज उठेको छ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top