मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मकवानपुरको स्थानिय तहमा एमालेका उमेद्वारको टुंगो, हेटौंडाको बाँकी - 2017-04-27
मकवानपुरका ८ वटा गाउँपालिका र एउटा नगरपालिकामा नेकपा एमालेले प्रमुख पदहरुको उमेद्वारहरुको टुंगो लगाएको छ । एमालेको आज बसेको प्रदेश कमिटि बैठकले उमेद्वारहरुको टुंगो लगाएको हो ।

एजेण्टले ठगेपछि धनुषाका एक युवकको मलेसियामा बिचल्ली - 2017-04-27
जनकपुर, वैशाख १४ – दलालले ठगेपछि केही दिनअघि मात्रै वैदेशिक रोजगारीमा मलेसिया पुगेका धनुषाका एक युवकको बिचल्ली भएको छ । धनुषाको दिगम्बरपुर ११ देवकोटाटोल बस्ने रामविनोद साहका २२ वर्षीय छोरा रञ्जित साह मलेसिया पुगे लगतै समस्यामा परेका हुन् ।

जनकपुरमा बस र टाटासोमु ठोक्किदा एकजनाको मृत्यु, ६ घाइते - 2017-04-25
जनकपुर, वैशाख १२ – जनकपुरको मुजेलियामा यात्रुबाहक बस र टाटासोमु आपसमा ठोक्किदा एकजनाको घटना स्थलमै ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

संशोधन प्रस्ताव पारित हुन नदिने एमालेको निर्णय - 2017-04-25
काठमाडौं, वैशाख १२ – प्रमुख विपक्षी दल एमालेले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समिति बैठकले संशोधन प्रस्ताव देश र जनताको हितमा नभएको निष्कर्ष निकाल्दै समर्थन नगर्ने निर्णय गरेको हो

शङकास्पद अवस्थामा शव फेला - 2017-04-25
कञ्चनपुर, १२ वैशाख । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ ।

रुकुममा बस दुर्घटना : चार गम्भीर घाइते - 2017-04-25
रुकुम, १२ वैशाख – जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गाबाट चौरजहारी नगरपालिका जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् ।

जङ्गली च्याउ खाँदा एकै परिवारका छ जना गम्भीर - 2017-04-25
इलाम, १२ वैशाख – जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् ।

राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी - 2017-04-24
हेटौंडा, १ बैशाख–मुख्य निर्बाचन अधिकृतको कार्यालय हेटौडामा नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ बिरुद्ध उजुरी दर्ता भएको हो । आचार संहिता उलंघनका बिषयमा उजुरी दर्ता भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयका अनन्त मरासिनीले जानकारी दिनुभयो ।

राप्रपा जितको नजिक छ–दिपक सिंह - 2017-04-24
हेटौंडा, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिपकबहादुर सिंहले राप्रपा जितको नजिक भएको दाबी गरेका छन् । सोमबार बिहान हेटौँडा ५ शान्तिनगर चोकमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले राप्रपाले नै जित्ने ठोकुवा गरे ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top