मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नेपाल विद्यार्थीद्धारा बिदाई तथा सम्मान - 2017-04-04


मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ मतदाता - 2017-04-04
हेटौंडा एफएम, २१ चैत/स्थानीय निर्वाचनमा सहभागीता जनाउनको लागि मकवानपुरबाट २ लाख २७ हजार ७ सय ५९ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

डडेल्धुरामा प्रहरी र म्यादी प्रहरीका आवेदकबिच झडप, ३ प्रहरी घाइते - 2017-04-03
डडेल्धुरा, चैत २१ – डडेल्धुरामा म्यादी प्रहरीका लागि आवेदन दिएकाहरु आन्दोलित भएका छन् । म्यादी प्रहरी छनौटमा अनियमितता भएको भन्दै असन्तुष्टले आन्दोलन गरेपछि प्रहरी र आवेदकबिच झडप समेत भएको छ । जिल्लामा कुल ४ सय १३ जनाको सिटमा तेब्बर बढी अर्थात १ हजार ३ सय २६ जनाको दरखास्त परेपछि छनौट प्रक्रियामा ठूलो संख्यामा युवाहरु बाहिरीएपछि असन्तुष्टहरु आन्दोलित भएका हुन् । सोमबार बिहान प्रकाशित नतिजामा छनौटका लागि न्युनतम तौल समेत नपुगेका व्यक्तिहरु म्यादी प्रहरीमा छनौट गरिएको भन्दै असन्तुष्ट समूहले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ढुङ्गामुडा प्रहार गरेका छन् ।

मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो खस्यो, पहिरोमा पुरिएका गाडी खोजिदैँ - 2017-04-03
चितवन, चैत २१ –मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा पुरिएका गाडी र मोटरसाइकल खोज्ने काम भइरहेको छ । दुईजना घाइतेको उद्धार गरिएको र अरु मानिस पहिरोमा परे, नपरेकोबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सोमबार बिहान झण्डै साढे १० बजे पहिरो खस्दा चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएको हो ।

कांग्रेस सभापति देउवा विरुद्ध सर्वोच्चमा रिट - 2017-04-03
काठमाडौं, २१ चैत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । आइतबार अधिवक्ता हरिप्रसाद मैनालीले कांग्रेस सभापति देउवा र नेपाली कांग्रेस केन्द्रीय समितिलाई समेत विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता गराउनुभएको हो ।

प्रेस चौतारी मकवानपुरद्धारा प्रसान्त देबको शोक सभा - 2017-04-03
हेटौंडा एफएम २० चैत/प्रेस चौतारी मकवानपुरले जिल्ला सदस्य प्रसान्त देबको आज शोक सभा गरेको छ । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले उनको तस्बीरमा माल्यार्पण गर्दै उनको निधनले पत्रकारीता क्षेत्रमा क्षति पुगेको बताइन् । देबको निधनप्रति दुख ब्यक्त गर्दै अध्यक्ष सिग्देलले देबले गरेको कार्यको प्रशंसा गरीन् ।

चुनावमा सबै पार्टी तथा जनताले सहभागिता जनाउनु पर्छः मणि थापा - 2017-04-03
हेटौंडा एफएम, २० चैत/नेकपा माआवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य तथा योड्ड कम्यूनिष्ट लिग नेपालको फ्याक्सन इन्चार्ज मनि थापाले १९ वर्षपछि हुन लागेको स्थानिय निकायको चुनावमा सबै पार्टी तथा नेपाली जनताले सहभागिता जनाउनुपर्ने बताए । ‘अहिलेको चुनाव स्थानिय निकायको चुनाव’ भएकोले उनले भने–‘जनताको सरकार आफैँ बनाउने र चलाउने भएकोले देशको सम्वृद्ध भविष्य आफैँ बनाउने भएकोले चुनाव अपरिहार्य रहेको छ ।’

गढी गाँउपालीका वडा नं. ५ वडामा नेकपा एमालेको वडा भेलासम्पन्न - 2017-04-02
हेटौंडा एफएम २० चैत/गढी गाँउपालीका वडा नं. ५ वडामा नेकपा एमालेको वडा भेला आज सम्पन्न भएको छ । आँउदो स्थानीय निर्बाचनलाई लक्षित गरेर नेकपा एमालेले गरेको वडा भेलामा नेकपा एमाले जिल्ला उपाध्यक्ष बद्री लम्सालको प्रमुख आतिच्यता रहेको थियो । कार्यक्रमा बोल्दै प्रमुख अतिथी लम्सालले १९ बर्ष पछि हुनलागेको अहिलेको निर्बाचनले जनतालाई अधिकार सम्पन्न बनाउने भएकाले सबैले सहभागीता जनाउनु पर्ने बताउनुभयो ।

जिल्ला युवा समिति मकवानपुरले युवा लक्षित बिभिन्न कार्यक्रमहरु गर्ने - 2017-04-02
हेटौंडा एफएम २० चैत/जिल्ला युवा समिति मकवानपुरले यस जिल्लामा युवालाई लक्षित गरेर बिभीन्न खालका कार्यक्रमहरु गर्ने भएको छ । युवा समितिको आयोजनामा युवाका मुद्धा तथा कार्यक्रमको बारेमा मकवानपुरका पत्रकार संगको अन्तरकृया कार्यक्रममा यसका बारेमा जानकारी गराइएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top