मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मकवानपुरमा ६८ जनाको उम्मेद्वारी - 2017-11-03
मकवाननुरमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनाबका लागि ६८ जनाले उमेदवारी दर्ता गराएका छन् । यस जिल्लामा पर्ने दुईवटा प्रतिनिधिसभा र चार वटा प्रदेशको निर्बाचन क्षेत्रका लागि ६८ जनाले उमेदवारी दर्ता गराएका हुन् । यस जिल्लाबाट बिभीन्न राजनितिक दल र स्वतन्त्र उमेदवार गरी ६८ जनाले उमेदवारी दर्ता गराएका हुन् ।

कांग्रेस समानुपातिकमा मकवानपुरका ४ नेता - 2017-11-01
मकवानपुरबाट प्रतिनिधि सभातर्फको समानुपातिकमा नेतृ पवित्रा विश्वकर्मालाई समावेश गरेको छ । नेपाली दलित संघकी केन्द्रीय सदस्य रहेकी विश्वकर्मा पार्टीमा लामो समयदेखि क्रियाशिल छिन् । यस्तै, प्रदेश सभातर्फ ३ नम्बर प्रदेशमा जिल्ला सदस्य सन्तबहादुर प्रजाको नाम समानुपातिकमा समावेश भएको छ । नेपाल चेपाङ संघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका चेपाङ यो समुदायको अधिकारमा लामो समयदेखि तल्लिन छन् ।

प्रेस चौतारी नेपाल मकवानपुर र प्रेस सेन्टर नेपाल मकवानपुरको संयुक्त बैठक सम्पन्न - 2017-11-01
प्रेस चौतारी नेपाल मकवानपुर र प्रेस सेन्टर नेपाल मकवानपुरको संयुक्त बैठक आज सम्पन्न भएको छ । नेपाली राजनीतिलाई समाजवादको बाटोमा डो¥याउने जिम्मा सचेत वर्गको काधमा आएको बैठकमा सहभागी वक्ताले बताए । बोल्ने क्रममा वक्ताहरुले संचारकर्मीहरुलाई त्यो अभियानमा अघि बढ्न आग्रह गरे ।

३ लाख ८० हजार सहित ५२ जना जुवाडे पक्राउ - 2017-11-01
मकवानपुरको गढी गाउँपालिका वडानंम्बर ५ सिमलटारबाट जुवा र तास खेल्ने ५२ जनालाई प्रहरीले गएराती पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मकवानपुरगढी गाँउपालिका सिमलटार स्थित मान बहादुर श्रेष्ठको घरमा कौडा र तास खेल्ने ५२ जनालाई प्रहरीले पक्राउ गरेर आजै जिल्ला अदालत मकवानपुरमा म्याद थप गरेको छ ।

९ नम्बर वडा कार्यालयले स्वास्थ्य किलनिक संचालन गर्ने - 2017-10-31
हेटौंडा उपमाहानगरपालीका वडा नमबर ९ मा यहि कार्तिक २६ गते बाट स्वास्थ्य किलनिक संचालनमा आउने भएको छ । वडा कार्यालयले आफनै पहलमा वडामा स्वास्थ्य किलनिक संचालन गर्नलागेको हो । साथै साहि किलनिकमा कार्तिक २६ र २७ गते दुई दिने निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने भएको छ ।

त्रिखण्डीमा भब्य मेला - 2017-10-31
हरिबोधनी एकादशीका अबसरमा मकवानपुरको भैसे गाउँपालिकाको त्रिखण्डीमा भब्य मेला लागेको छ । आज बिहानैबाट त्रिखण्डीमा भब्य मेला लागेको हो । आज त्रिखण्डी मन्दीरमा पुजा गर्न आउनेहरुको ठुलो भिड लागेको छ । यता मकवानपुर गढी गाउँपालिकाको बंशगोपालमा पनि ठुलै मेला लागेको छ । यहाँ मेला हेर्न आउनेहरुको पनि दिनभरजसो भिडनै लागेको थियो । कार्तिक शुक्ल एकादशीका दिन मंगलबार आज हरिबोधनी एकादशी मनाईंदैछ ।

मकवानपुरमा निर्बाचन आचार संहिता कडाईका साथ लागू गरिने : मुख्य निर्बाचन अधिकृतको कार्यालय - 2017-10-31
आगामी मंसिर २१ गते मकवानपुरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा निर्बाचन आचार संहिता कडाईका साथ लागू गरिने भएको छ । मुख्य निर्बाचन अधिकृतको कार्यालय मकवानपुरले आज सरोकारवाला राजनितिक दलहरु, बिभीन्न कार्यालयका प्रमुखहरु सहितको बैठकबाट आचार संहिता कडाईका साथ लागूगरिने बताएका हुन् । यता राजनितिक दलका नेताहरुले पनि आचार संहिता पालना गर्ने बताएका छन् ।

जनकल्याणका पदाधिकारीहरुद्धारा शपथ - 2017-10-30
हेटौडा–६,चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

जनकल्याणको अध्यक्षमा पौडेल विजयी - 2017-10-30
हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हिमाल पौडेल विजयी भएका छन् । आइतबार विहान सम्पन्न मतगणना अनुसार पौडेल २ सय ३ मतले विजयी भएका हुन् । पौडेलले ६ सय ४७ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धी नारायणप्रसाद अधिकारीले ४ सय ४४ मत ल्याएका थिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top