मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु     उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सम्पन्‍न   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अरु पार्टीले आफैले बनाएको नियम आफैले उल्लंघन गरे–राजाराम बर्तौला - 2017-04-24
हेटौंडा, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले अरु पार्टीले आफैले बनाएको नियम आफैले उल्लंघन गरेको आरोप लगाएका छन् ।

१५ नम्बर वडामा माओवादी केन्द्रको कोणसभा सम्पन्न - 2017-04-24
हेटौंडा, ११ बैशाख । नेकपा माओवादी केन्द्र मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ गौरीटारमा कोणसभा सम्पन्न भएको छ । केन्द्रका तर्फबाट मेयरका उम्मेदवार बलराम बलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कोणसभामा साढे तीन सयभन्दा बढी जनता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

नेपाल कम्यूनिस्ट पार्टीको प्रेशवक्तव्य : कथित स्थानीय निर्वाचन खारेज गर्ने निर्णय - 2017-04-24
हेटौंडा, ११ बैशाख । नेपाल कम्यूनिष्ट पार्टी जिल्ला समिति मकवानपुरले प्रेश वक्तव्य जारी गर्दै पार्टीले कथित स्थानीय निर्वाचनलाई खारेज गर्ने निर्णय गरेको जानकारी दिएको छ । आज भएको पत्रकार सम्मेलनमा प्रेश विज्ञप्ती जारी गर्दै पार्टीले जनतलाई सुदृढ र विकास गर्ने कुरामा जोड समेत दिएको छ ।

नगरसँग जोडिएको क्षेत्रलाई पहिलो प्राथमिकता दिने बलको प्रतिबद्धता - 2017-04-24
हेटौंडा, ११ बैशाख । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार बलराम बलले नगरसँग जोडिएका क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता गरेका छन् ।

हेटौँडा ११ गोल्पिङ्गटारका करिब ६० घरधुरी कृषि पेशामा आत्मनिर्भर - 2017-04-24
हेटौंडा, १ बैशाख–हेटौँडा ११ गोल्पिङ्गटार स्थित करिब ६० घरधुरीका बासिन्दाहरु कृषि पेशामा आत्मनिर्भर हुँदै आएका छन् । मौसम अनुसारका खेतिपातीबाट अधिँकाशले जिवन निर्वाह गर्ने गरेका छन् । धान ,मकै , सागसब्जी तथा हरीयो तरकारी उत्पादन यी किसानहरुको दैनिकी जस्तै बनेको छ ।

चुनाबका लागि मकवानपुरमा शान्तिसुरक्षा मजबुद - 2017-04-24
हेटौंडा, १ बैशाख–स्थानिय तहको चुनाबका लागि मकवानपुरमा शान्तिसुरक्षा मजबुद बनाइएको छ । बैशाख ३१ गते हुने स्थानिय तहको चुनाबका लागि मकवानपुरका आठवटै गाउँपालिका, थाहा नगरपालिका र हेटौडा उपमहाँनगरपालिकामा शान्ति सुरक्षा कडा पारिएको हो ।

सिन्धुपाल्चोक केन्द्र भएर पराकम्प - 2017-04-24
निकै लामो समय पछि सिन्धुपाल्चोक केन्द्र भएर आज साँझ ५ बजेर ४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

बसको ठक्करबाट टाँगा चालकको मृत्यु, बसमा सवार ६ जना घाइते - 2017-04-24
बर्दिया, वैशाख ११ – बर्दियामा बसले टाँगालाई ठक्कर दिँदा टाँगा चालकको ज्यान गएको छ । बसमा सवार ६ जना घाइते भएका छन् ।

मलेसियामा एक नेपालीको मृत्यु - 2017-04-24
वैशाख ११ – मलेसियामा एकजना नेपालीको ज्यान गएको छ । मलेसियाको फलाम कम्पनी एलाइट एडभान्टेजमा कार्यरत रौतहटको वृन्दावन गाउँपालिका–३ का २२ वर्षका विश्वनाथ ठाकुरको ज्यान गएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top