मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कालिटारमा करेन्ट लागेर एकजनाको मृत्यु, एक जना घाईते - 2017-05-27
१३ जेष्ठ–मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंम्बर २ कालिटारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

‘रुद्र–सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ खड्का र थापालाई - 2017-05-27
१३ जेष्ठ–सहिदको संझनामा आज हेटौडामा दुईजना पत्रकारलाई पुरस्कृति गरिएको छ । सहिदहरु कृष्ण सेन ईच्छुक र रुद्र पाख्रिनको स्मृतिमा स्थापना गरिएको ‘रुद्र–सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ बाराका पत्रकार बिदुर खड्का र मकवानपुरकी पत्रकार अञ्जली थापालाई प्रदान गरिएको छ ।

५० दिने ढुङ्गे डकर्मी तालिमको अनुगमन - 2017-05-27
१३ जेष्ठ–मकवानपुरको पूर्वी क्षेत्रमा सञ्चालित ५० दिने ढुङ्गे डकर्मी तालिमको अनुगमन गरिएको छ । अनुगमन हेल्भेटास÷सोडेक प्रालि सर्लाही र आवास, पुर्ननिर्माण तथा पुर्नलाभ मञ्च, मकवानपुरले संयुक्त रुपमा आयोजना गरेको हो ।

मेयर र उपमेयर पदमा मात्र १९ हजार ५ सय ७७ मत बदर - 2017-05-25
हेटौडा । मकवानपुरको हेटौडा उपमहाँनगरपालिकाको मेयर र उपमेयर गरी दुई पदमा मात्र १९ हजार ५ सय ७७ मत बदर भएको छ । बिशेषगरी माओबादी केन्द्र र नेपाली काग्रेश बिच एक भएर चुनाब लड्दा उमेदवारनै नभएका पदमा समेत मतदाताले मतदान गरेकाले धेरै म तबदर हुन पुगेको हो ।

मकवानपुरमा ६ प्रमुख र ८ उपप्रमुखसहति एमालेको बहुमत - 2017-05-25
११ जेठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना सम्पन्न भएसँगै मकवानपुरका सबै १० स्थानीय तहको नजिता सार्वजनिक भएको छ । १० मध्ये ६ स्थानीय तहका प्रमुख र ८ उपप्रमुख जितेर एमाले जिल्लाको सबैभन्दा ठूलो पार्टी बनेको छ । कांग्रेस र माओवादीले दुईरदुई स्थानीय तहका प्रमुख जितेर दोस्रो शक्तिमा स्थापित भएका छन् ।

हेटौँडा–८ मा एमालेका श्रेष्ठ विजयी(मत सहित) - 2017-05-22
हेटौँडा, ८ जेठ-हेटौँडा उपमहानगरपालिका वडा नं ८ को अध्यक्षमा एमालेका गोपाल श्रेष्ठ विजयी भएका छन् । उनले १५९६ मत ल्याउँदै विजयी हासिल गरेका हुन् ।

हेटौंडा उपमहाँनरपालिकाको १२ वटा वडाको मतपरिणाम आयो, मेयरमा काग्रेसका उमेदवार अगाढी - 2017-05-21
७ जेष्ठ – उपमहाँनरपालिकाको १२ वटा वडाको मत गनिसक्दा सम्म अहिले नेपाली काग्रेशका मेयरका उमेदवार अगाढी हुनुहुन्छ भने नेकपा एमालेका उपमेयरका उमेदवार अग्रस्थानमा हुनुहुन्छ ।

हेटौंडा उपमहानगरपालिकामा अहिलेसम्म एमाले ६, कांग्रेस ५ र माओबादी केन्द्र १ वडामा विजयी - 2017-05-21
७ जेष्ठ – हेटौडा उपमाहानगरपालीका अन्र्तगत १२ वटा वडाको मत गणना सकिदा सम्म ६ वटा वडामा एमाले ५ वटा वडामा काग्रेस बिजयी भएको छ भने १ वडामा माओवादी केन्द्र बिजयी भएको छ ।

राप्रपाले हेटौँडामा खाता खोल्यो - 2017-05-21
७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरको ८ गाउँपालिका र १ नगरपालिकामा शुन्य भएको राप्रपाले हेटौँडा उपमहानगरपालिकामा खाता खोलेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top