मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

अन्तराष्ट्रिय समाचार

बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !


  • अन्तराष्ट्रिय समाचार
  • पटक पढिएको
  • कलमपाटी
जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले बिजुली गाडी चार्ज गर्ने अत्याधुनिक चार्जर बनाउने भएको छ। यो वर्षको मध्यमै सार्वजनिक हुने यी चार्जर एक ठाउँबाट अर्को ठाउँसम्म सहजै सार्न सकिनेछन्।

बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !

 यी चार्जर सबभन्दा पहिले जर्मनीकै वुल्फ्सवर्ग सहरमा राखिनेछन्। यसपछि विस्तारै अन्य सहरमा फैलाउने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यी चार्जर एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्ने सुविधा त छँदैछ, गाडी चार्ज पनि अत्यन्तै छिटो हुनेछ। एउटा बिजुली कारको ८० प्रतिशत ब्याट्री पन्ध्र मिनेटमै चार्ज हुने कम्पनीको भनाइ छ।

'बिजुली गाडी चार्ज गर्न सहज होस्, कहीँ समस्या नहोस् भनेर हामीले यस किसिमको चार्जर बनाएका हौं,' फक्गवागन समूहका बोर्ड व्यवस्थापनका अध्यक्ष थोमस स्क्मलले भनेका छन्, 'यसले बिजुली गाडी विस्तारमा एक इँटा थप गर्नेछ।'

थोमसका अनुसार यी चार्जर आवश्यक भएका कुनै पनि ठाउँमा राख्न सकिन्छ। यसनिम्ति बिजुली जडान चाहिँदैन। यो सुविधाले उपभोक्तालाई बिजुली गाडीमा आकर्षित गर्ने उनको विश्वास छ।

सार्न मिल्ने चार्जरको सफल परीक्षण सकिएकोले आगामी छ महिनामा यी चार्जर जर्मनी, वुल्फ्सवर्गमा उपलब्ध हुनेछन्। सन् २०२० सम्म अरू सहरमा पनि उपलब्ध भइसक्नेछ।

The stations - which can charge up to 4 vehicles simultaneously - can boost the batteries in an EV to 80% in just 17 minutes













यो चार्जर ३६० केडब्लुएच (किलोवाट 

घन्टा) छ। बिजुली जडान नचाहिने भएकाले जुनसुकै समतल भागमा राख्न सकिन्छ। एउटा चार्जरले १८ वटा बिजुली कारको ८० प्रतिशत चार्ज गर्न सक्छ।

यसमा संकलित चार्ज २० प्रतिशतमा झरेपछि फक्सवागन कम्पनीको निगरानी शाखामा अलर्ट बज्छ। कम्पनीले यसलाई उठाएर नयाँ चार्जर राख्नेछ। अथवा यी चार्जरलाई त्यहीँ पनि अर्को धेरै क्षमताको चार्जिङ मेसिनले चार्ज गर्न सकिनेछ।

यसमा सौर्य र वायू ऊर्जा संकलन गर्ने प्रविधि पनि छ।

अध्यक्ष थोमसका अनुसार यी चार्जर ठूल्ठूला कार्यक्रम, समारोहहरूमा उपयुक्त हुनेछन्। यसका साथै सबै ठाउँमा स्थायी चार्जर राख्न नसकिने हुँदा गाडी चालक समस्यामा पर्दै आएका थिए। सार्न मिल्ने यी चार्जरले यो समस्या कम गर्नेछ।

चार्जर कहाँ-कहाँ छन् भनेर अनलाइन वा एपमार्फत् पत्ता लाउन सकिन्छ। यसमा बिजुली गाडी र दुईपांग्रे दुवै चार्ज गर्न मिल्ने प्लग हुनेछ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पेरुमा शक्तिशाली भूकम्प, कयौं भवन ध्वस्त, राजमार्ग भत्केकाले उद्धारमा कठिनाई - 2018-01-15
पेरु, माघ १ । दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७।१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

भारतलाई पाकिस्तानले दियो कडा चेतावनी, भन्यो : परिणाम भोग्न तयार रहनु - 2018-01-14
पुस ३० –भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको बयानमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।

क्यालिफोर्नियामा लेदोसहितको पहिरो : मृत्यु हुनेको संख्या १७ पुग्यो - 2018-01-11
पुस २७ – अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै बुधबार गएको लेदोसहितको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । अझै १३ जना हराइ रहेका छन् ।

सात वर्षीय बालिकाको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन - 2018-01-11
पुस २७ (पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ ।

ट्रम्प बारेको पुस्तक रोक्ने प्रयासमा ह्वाइट हाउसका वकिल, पुस्तक आजै आउने - 2018-01-05
पुस २१ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले उहाँको प्रशासनका बारेमा गम्भीर दाबी गरिएको पुस्तक बजारमा जानबाट रोक्ने प्रयास सुरु गरेका छन् । पत्रकार माइकल वुल्फले लेखेको ट्रम्प प्रशासन सम्बन्धी पुस्तक ‘फायर एण्ड फ्यूरी स् इनसाइड द ट्रम्प ह्वाइट हाउस’ मा राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस यात्रा र त्यसपछिका विभिन्न पक्षका बारेमा खुलाइएको छ ।

उत्तर कोरियाको दाबी–अमेरिकाको सबै भागमा मार हान्न सक्ने मिसाइल बनायौँ - 2017-11-29
मंसिर १३ – उत्तर कोरियाले नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण जनाएको छ । उत्तर कोरियाले बुधबार अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

जिम्बाबेमा राष्ट्रपतिको राजीनामा माग गर्दै हजारौं नागरिकद्वारा प्रदर्शन - 2017-11-19
मंसिर ३ । जिम्बाबेको राजधानी हरारेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामा माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् ।राष्ट्रपति मुगाबेकोे पकड अन्त्य गर्न सेना सफल भएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

जिम्बाब्वेका राष्ट्रपतिद्वारा पद त्याग गर्न अस्वीकार, मध्यस्थताको प्रयास जारी - 2017-11-17
हरारे, मंसिर १ । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेलाई पद त्याग गर्न दिइएको दबाब उनले अस्वीकार गरेका छन् । ३७ वर्षसम्म सत्तामा एकलौटी गरेका मुगाबेले आफ्नो उत्तराधिकारीमा पत्नी ग्रेसलाई अगाडी सारेपछि भएको सत्ता संघर्षमा सेनाले सबै शक्ति नियन्त्रणमा लिएको छ । हाल सैनिक नियन्त्रणमा रहेका मुगाबेलाई सेनाले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आग्रह गरेको छ । तर मुगाबेले उक्त आग्रहलाई ठाडै अस्वीकार गरेका छन् ।

दक्षिण कोरियामा अहिलेसम्मकै दोस्रो ठूलो भूकम्प, नेपाली कामदार सुरक्षित - 2017-11-16
काठमाडाैं, कात्तिक ३० – दक्षिण कोरियामा अहिलेसम्मकै दोस्रो ठूलो भूकम्प गएको छ ।

PREV 1 2 3 4 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top