मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य     अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड   

राष्ट्रिय समाचार

अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
गोरखा

अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल

गोरखाको अजिरकोट गाउँपालिकाको वडा नम्बर ३ हंसपुर स्थित चेपेनदी श्यामसानघाटमा एक ब्यवासयीले आफ्नै खर्चमा मलामी बिश्राम स्थल बनाएका छन् । 


अजिरकोट ३ लप्सीबोटमा युवा ब्यवसायी रामचन्द्र अधिकारीले आफ्ना पिता बामदेव अधिकारीको स्मृतिमा उक्त मलामी बिश्राम स्थल निर्माण गरेका हुन् । एक लाख ८८ हजारको लागतमा सो स्थान निर्माण गरिएको ब्यवसायी अधिकारीले बताए । सो भेगमा मानिसहरुको मृत्यु भएपछि अन्त्येष्टी हुने उक्त स्थानमा मलामी बिश्राम स्थल निर्माण नहुँदा स्थानीयहरुले बर्षायाममा समस्या झेल्दै आइरहेका थिए । मलामी बिश्राम स्थल निर्माण हुदा एकदमै सहज भएको स्थानीयहरुले बताएका छन् । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


यस्तो बन्यो मुसहर बस्ती, वैशाख १ गते हस्तान्तरण - 2017-04-05
हेटौंडा एफएम, २३ चैत/हास्य कलाकार दम्पती सीताराम कट्टेल "धुर्मुस" र कुञ्जना घिमिरे "सुन्तली" द्वारा निर्मित महोत्तरी बर्दिबासको मुसहर एकीकृत बस्तीको निर्माण पूरा भएको छ । र, वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने फाउन्डेसनले जनाएको छ ।

पत्यानुहुन्छ? १ रुपैयाँमा स्मार्टफोन पाइने - 2017-04-05
चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ । सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ । उक्त मेलामा कम्पनीले १ रुपैयाँ ९भारु० मा आफ्नो उत्पादन रेडमी नोट फोर बिक्री गर्ने भएको हो ।

अनेक धन्दामा विमानस्थलका प्रहरी - 2017-04-05
विमानस्थलमा कार्यरत प्रहरीहरू पटक–पटक विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ पर्दै आएका छन् । दुई महिनाअघि एसएसपी श्याम खत्री सुन तस्करी आरोपमा पक्राउ परेकोमा धरौटीमा छुटे ।

घुसमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने हवल्दार पक्राउ - 2017-04-05
काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेश जान लागेकी एक युवतीसँग घुसबापत शारीरिक सम्बन्धको प्रस्ताव राख्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डमा कार्यरत प्रहरी हवल्दार महिन बस्याल पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार पक्राउ गरेको हो ।

आज भक्तिपूर्वक रामनवमी पर्व मनाइँदै - 2017-04-05
काठमाडौं, २३ चैत /चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व बुधबार श्रद्धा भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको मान्यता छ । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको विश्वास गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व राम जस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताउनुहुन्छ ।

एमालेको घोषणा पत्रमा ‘समाजवादी कार्यक्रम’ - 2017-04-04
काठमाडौं । स्थानीय निकाय निर्वाचनको लागि एमालेले घोषणा पत्रको मस्यौदा निर्माण गर्न थालेको छ । र, उसले घोषणा पत्रका उल्लेखित नीति कार्यक्रमहरू समाजवादउन्मुख हुने बताएको छ ।

नयाँ संविधानले समानताको अवसर दिएको छ : सभामुख घर्ती - 2017-04-04
सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानले सबैमा समानताको अवसर प्रदान गरेको बताउनुभएको छ ।

चिरपटले हानेर श्रीमानको हत्या - 2017-04-04
सुनसरी, चैत २२ – इटहरी उप-महानगरपालिका-४ बस्ने ४० वर्षकी बिन्दा चौधरीले श्रीमान ३० वर्षका उत्तम पराजुलीलाई चिरपटले हान्दा उत्तमको ज्यान गएको छ । प्रहरीका अनुसार सोमबार बिहानै श्रीमान-श्रीमती दुवैले रक्सी खाएका थिए । रक्सी खाएर झगडा हँुदा श्रीमान्लाई सोमबार श्रीमतीले चिरपटले टाउकोमा प्रहार गर्दा श्रीमानको ज्यान गएको हो ।

जंगली हात्तीको आक्रमणबाट सप्तरीमा दुई जनाको मृत्यु, ५ जना घाइते - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/गाउँ पसेको जंगली हात्तीको आक्रमणमा परेर सप्तरीमा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । जंगली हात्तीको आक्रमणमा परि हनुमानगर-५ का २२ वर्षका रोशन झा र ३० वर्षका सञ्जय साफीको ज्यान गएको प्रहरीले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top