मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

राष्ट्रिय समाचार

आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाण्डौ –

आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उहाँले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै उहाँले आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताउनुभयो ।

केहीले प्रधानमन्त्री लगलग÷लगलग कामिरहेका छन् अब जाने भो भनेर भनेको सुन्दै उहाँले भन्नुभयो, ‘पद नगएको मान्छे दुनियामा कोही देखेको छैन मैले । राजा महाराजा हर कोहीको पद गएको छ, त्यसैले आगामी चुनावपछि मलाई पनि बस्न मन छैन ।’

यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै उहाँले विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न पनि आग्रह गर्नुभयो ।

सत्य निरुपण र बेपत्ता आयोगले यसै हप्ता पूर्णता पाउँछ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व व्यवस्थापन गरे पनि द्वन्द्वका घाउ चहराइरहेको भन्दै यसलाई समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता तथा छानविन आयोगले यसै हप्ताभत्रि पूर्णता पाउने पनि बताउनुभयो ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘द्वन्द्व व्यवस्थापन गरेको यति लामो समय भइसक्दा पनि द्वन्द्वका घाउ चहराउने काम भइरहनु वान्छनीय हुँदैन । त्यसैले यसै हप्ता आयोग गठन भइसक्ने र त्यसले बाँकी रहेका काम पनि समाधान हुनेमा ढुक्क हुन सकिन्छ ।’

दुवै आयोगका प्रमुख आयुक्त र आयुक्तहरु सिफारिस गर्न सिफारिस समिति निर्माण भइसकेको र त्यो समितिले यसै हप्ताभित्र आयुक्तहरुको सिफारिस गरेपछि सरकारले विलम्ब नगरी आयोग गठनलाई पूर्णता दिने उहाँले बताउनुभयो ।

सरकारले प्रतिबद्धता गरे अनुरुप नै द्वन्द्वका बेला भएका घटनाको समुचित ढंगले सम्बोधन गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाबारे आएका सुझावमा गम्भीर छौँ : आयोग - 2017-11-19
काठमाडौं, मंसिर ३ । प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताएका छन् ।

छोराको बिदाईमा थामिएनन् प्रचण्डका आँसु - 2017-11-19
काठमाडौं, मंसिर ३ – चारवर्षअघि मात्रै पूत्री वियोगमा पर्नुभएका माओवादीका अध्यक्ष प्रचण्डलाई फेरि अर्को बज्रपात थपिएको छ । प्रचण्डले चार वर्षको फरकमा आफ्नी जेठी छोरी र एकमात्र छोरा प्रकाशलाई पनि गुमाउनुभयो ।

वाम गठबन्धनको संयुक्त चुनावी सभा स्थगित नहुने - 2017-11-19
मंसिर ३ – वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै सञ्चालित हुने भएको छ ।

छोरा प्रकाशलाई प्रचण्डले दिए दागबत्ती - 2017-11-19
काठमाडौं, मंसिर ३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहाललाई दागबत्ती दिनुभएको छ ।

प्रकाशको शव अन्त्येष्टिका लागि आर्यघाटतर्फ - 2017-11-19
काठमाडौं, मंसिर ३ । आकस्मिक हृदयाघातका कारण निधन भएका प्रकाश दाहालको शव पशुपति आर्यघाटततर्फ लगिदैं छ ।

हृदयघातबाट प्रकाश दाहालको निधन, झापाबाट प्रचण्ड अस्पताल पुग्दै - 2017-11-19
काठमाडौं, मंसिर ३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएको छ । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले गर्नुभएको हो ।

प्रकाशको अन्तिम संवाद बुवा प्रचण्डसँग - 2017-11-19
काठमाण्डौ / माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त, माओवादीका शीर्ष नेता–कार्यकर्ता, सुरक्षाकर्मी एवम् संचारकर्मीको भीँड लागेको छ ।

सर्लाहीमा गोली लागेर एकजना घाइते - 2017-11-19
सर्लाही, मंसिर ३ – अपरिचित व्यक्तिले हानेको गोली लागेर सर्लाहीको रामनगर गाउँपालिका–४ मा शनिबार बिहान एकजना घाइते भएका छन् ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधन - 2017-11-19
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आज विहान निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा विहान साढे ५ वजे उनको निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top