मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा   

राष्ट्रिय समाचार

अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
गोरखा

अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल

गोरखाको अजिरकोट गाउँपालिकाको वडा नम्बर ३ हंसपुर स्थित चेपेनदी श्यामसानघाटमा एक ब्यवासयीले आफ्नै खर्चमा मलामी बिश्राम स्थल बनाएका छन् । 


अजिरकोट ३ लप्सीबोटमा युवा ब्यवसायी रामचन्द्र अधिकारीले आफ्ना पिता बामदेव अधिकारीको स्मृतिमा उक्त मलामी बिश्राम स्थल निर्माण गरेका हुन् । एक लाख ८८ हजारको लागतमा सो स्थान निर्माण गरिएको ब्यवसायी अधिकारीले बताए । सो भेगमा मानिसहरुको मृत्यु भएपछि अन्त्येष्टी हुने उक्त स्थानमा मलामी बिश्राम स्थल निर्माण नहुँदा स्थानीयहरुले बर्षायाममा समस्या झेल्दै आइरहेका थिए । मलामी बिश्राम स्थल निर्माण हुदा एकदमै सहज भएको स्थानीयहरुले बताएका छन् । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मुग्लिनको जाममा फसे एक हजार ४ सय गाडी - 2017-07-10
२६ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् । नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो । जसमा २०० बस, ३०० ट्रक र १०० हलुका सवारीसाधन रोकिएको उनले बताए ।

सर्वाधिक पुरस्कार राशीको कविता प्रतियोगिता हुने - 2017-07-09
काठमाडौं, २५ असार । आगामी भदौ २३ गते शिक्षा दिवस तथा अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने भएको छ । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा निख्खारता ल्याउने र नेपाली साहित्यमा नयाँ पुस्ताको खोजी गर्ने उद्धेश्यले कक्षा ८ देखि १२ सम्मका देशभरका इच्छुक विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने आयोजक उषा मिडिया प्रा.लि. अन्तर्गत सँचालन भएको अनलाईन रेडियो नेपालीको अनलाईनले जनाएको छ ।

पीठाधीश डा. रामानन्द गिरीको देहावसान - 2017-07-09
२५ असार, हेटौँडा / देवघाटस्थित महेश संन्यास आश्रमका संस्थापक पीठाधीश डा. रामानन्द गिरीको शनिवारराति देहावसान भएको छ । उनको काठमाडौंको पशुपतीदेवपत्तनस्थित शंकराचार्य मठमा ७१ बर्षको उमेरमा देहवसान भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

सल्यान बस दुर्घटनामा २ यात्रुको मृत्यु - 2017-07-09
२५ असार, सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम खत्रीका अनुसार मृतकमध्ये रातो खड्का भन्ने व्यक्तिको मात्र पहिचान खुलेको छ ।

भोजपुरको पौवादुङ गाउँपालिकाका जनप्रतिनिधिद्वारा दुङ्माली भाषामा सपथ - 2017-07-06
भोजपुर, असार २२ – भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले दुङ्माली भाषामा सपथ ग्रहण गरेका छन् । नेकपा एमालेबाट निर्वाचित प्रमुख, वडा अध्यक्ष र वडा सदस्यले दुङ्माली भाषामा सपथ लिएका हुन् । पौवादुङमा गाउँपालिकामा दुङ्माली भाषीको बाहुल्यता रहेको छ ।

दोस्रो चरणमा पनि एमाले पहिलो दल, ३१८ स्थानीय तहमा कसले कहाँ जिते (सूचीसहित) - 2017-07-06
२२ असार,काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बिहीवार विहानसम्म ३१८ स्थानको मतगणना सकिएको छ । अब १६ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । जम्मा १६ स्थानीय तहको मत परिणाम बाँकी रहदा एमालेले कांग्रेसलाई २७ सिट पछि पारेर पहिलो चरणमा जस्तै दोस्रो चरणको स्थानीय चुनावमा पनि पहिलो स्थान सुरक्षित गरेको छ ।

गृहमन्त्री शर्माद्वारा संसदमा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी, पीडितलाई राहत दिइने - 2017-07-05
काठमाडौं, असार २१ – गृहमन्त्री जनार्दन शर्माले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो तथा यसले पु¥याएको क्षतिबारे संसदमा जानकारी दिनुभएको छ । संसदको बुधबारको बैठकमा गृहमन्त्री शर्माले सिन्धुपाल्चोक, कास्की, सप्तरी, पर्वतलगायत ठाउँमा गएको बाढीपहिरोबारे जानकारी दिँदै यस्ता घटनाबाट हुनसक्ने क्षति रोक्न सरकारका सबै संयन्त्र चुस्त अवस्थामा रहेको दाबी गर्नुभयो ।

ग्यासको मुल्य २५ रुपैयाँ घट्यो , पेट्रोल, डिजेल र मटितेलमा २ प्रतिलिटर दुई रुपैया कम - 2017-07-03
असार १८,काठमाण्डौँ/ आयल निगमले आज आइतबार राती १२ बजेदेखि लागु हुनेगरी इन्धनको मुल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटेपछि यहाँ पनि मुल्य घटाएको हो । निगमका बिक्री बितरण विभागका निर्देशक एवम् प्रबक्ता सिताराम पोखरेलका अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेलमा २, मटितेलमा २ र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।

प्रमुख पदमा अहिलेसम्म कसले कहाँ कहाँ जिते ? एमाले अग्रता कायमै - 2017-07-03
प्रमुख पदमा विजयी नेपाली कांग्रेस नगरपालिका–२९, गाउँपालिका–६३ ९२)कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– दिलबहादुर ऐर ९१) ताप्लेजुङको सिदिङवा गाउँपालिका– नरबहादुर कडरिया ९०)मोरङको लेटाङ नगरपालिका– शंकर राई ८९)

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top