मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




पर्वतमा सडक बाट खसेको जीप

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


“डेट एक्सपायर” भएकालाई कांग्रेसले बोक्नु गम्भिर भुल : पौडेल - 2017-11-24
बकैया,८ कार्तिक/नेकपा एमालेका प्रदेश सदस्य तथा निवर्तमान सभासद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले डेट एक्सपायर भएको उम्मेद्वारलाई बोकेर गम्भिर भुल गरेको बताएका छन् ।

देशको तिव्र विकासको निम्ति वामपन्थी सरकारको विकल्प छैन : मोक्तान - 2017-11-24
हेटौडा, ८ मंसीर/ वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न १ मार्खुमा सम्पन्न भएको छ ।

वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल - 2017-11-23
वाम गठवन्धनमय बन्यो वागमती गाउँपालिका, एकै दिन २ सय भन्दा धेरै प्रवेश वागमती, ७ मंसिर/वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले वामगठबन्धनको जितपछि नयाँ नेपाल निर्माण हुने बताए ।

राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश - 2017-11-23
हेटौँडा,७ मंसर, पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिकामा वाम गठवन्धनको चुनावीसभा सम्पन्न भएको छ ।

कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ? - 2017-11-23
हेटौँडा, ६ मंसिर/वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा (ख) का उम्मेद्वार डोरमणी पौडेलले राप्रपाका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई आफुले गरेको काम देखाउन चुनौति दिएका छन् ।

उत्कृष्ट १० महिला उद्यमी छनौट - 2017-11-21
हेटौंडा, मंसिर ५ गते/उत्तरी मकवानपुरको मार्खुमा जिल्लाका तत्कालिन ७ गाबिसमा उत्कृष्ट महिला उद्यमीहरुको नाम घोषणा गरिएको छ । चित्लाङ, फाखेल, मार्खु, कुलेखानी, सिस्नेरी, नामटार र कालिकाटारका महिला उद्यमीबाट १० जना उत्कृष्ट छनौट गरिएको हो ।

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा - 2017-11-21
५ मंसिर ,हेटौंडा । आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार उपप्रधानमन्त्री कमल थापाले मकवानपुर जिल्लाको विकासको लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

हेटौँडालाई प्रदेशको राजधानी बनाउनको लागि पहल गर्न पौडेललाई स्थानियको आग्रह - 2017-11-21
हेटौंडा, ५ मंसिर/मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का स्थानीयहरुले हेटौँडालाई प्रदेशको राजधानी बनाउनको लागि पहल गर्न आग्रह गरेका छन् ।

जनताको चाहना अनुसार नेपालका बामपार्टिहरु एकढिक्का–मोक्तान - 2017-11-21
हेटौंडा, ५ मंसिर/प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश क का उमेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका बामपार्टिहरु एकढिक्का हुँदै स्थायी सरकार निर्माणको अभियानमा लागेको बताएकी छिन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top