मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




पर्वतमा सडक बाट खसेको जीप

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रातोमाटेबाट लागूऔषध खैरोहिरोईन सहित दुईजना पक्राउ - 2017-08-01
हेटौडा १५ रातोमाटेबाट प्रहरीले लागूऔषध खैरोहिरोईन सहित दुईजनालाई पक्राउ गरेको छ । पुर्बपस्चिम राजमार्ग अन्तरगत विरगन्जबाट हेटौडातर्फ आउँदै गरेको ना १ ज ६९२७ नं.को यात्रुवाहक माईक्रोबसलाई रोकी चेकजाँच गर्दा लागु औषध खैरो हिरोईन ९ ग्राम सहित दुईजनालाई पक्राउ गरिएको हो ।

हेटौंडा यस वर्ष पनि देशकै सफा सहर घोषणा हुँदै - 2017-08-01
हेटौंडा, १७ साउन । हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १ सफा सहरका रुपमा घोषणा हुने भएको हो । संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले यस्तो घोषणा गरेको हो । आर्थिक बर्ष २०७१–७२ मा हेटौंडाले एकमात्र सफा सहरको कदरपत्रसहित पाँच लाख रुपैंया पुरस्कार पाउन सफल भएको थियो

अस्पतालका कर्मचारी सितारामले आत्माहत्या गरे - 2017-07-28
हेटौंडा, १२ साउन । हेटौंडा अस्पताल विकास समितिका एक जना कार्यालय सहयोगीले बिष सेवन गरी आत्महत्या गरेका छन् । अस्पतालका कार्यालय सहयोगी सिताराम परियार (दुरौली) ले बिष सेवन गरी आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

अपराध न्युनीकरणमा प्रहरीलाई प्रोत्साहन गर्छु – मेयर महत - 2017-07-23
हेटौंडा, ८ साउन/सामुदायिक सेवा केन्द्र मकवानपुरले हेटौंडा उपमहानगरपालिका मेयर हरीबल महत र उपमेयर मिना लामालाई सम्मान गरेको छ । सम्मान कार्यक्रमममा बोल्दै मेयर महतले अपराध न्युनीकरणमा प्रहरीलाई प्रोत्साहन गर्ने बताएका छन् ।

रातोमाटेबाट लागूऔषध सहित दुई जनालाई पक्राउ - 2017-07-23
हेटौंडा, ८ श्रावण/हेटौडा १५ रातोमाटेमा प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पथलैया बाट हेटौडा तर्फ आउदै गरेको बा. ५७ प. ५३१७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार बारा निजगढ नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष २१ को अनिल ब्लोन र सोही स्थानका वर्ष २० को दिपक वाईबालाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको हो । उनिहरुले प्लाष्टिकमा बेरी लुकाई छिपाई ल्याएको लागु औषध नाईट्रोभेट १ सय २६ ट्याब्लेट सहित पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो ।

मकवानपुरमा जबरजस्ती करणीका ४० वटा मुद्धा दर्ता - 2017-07-23
हेटौंडा, ८ श्रावण/मकवानपुरमा जबरजस्ती करणीका ४० वटा मुद्धा जिल्ला अदालत मकवानपुरमा परेका छन् । बितेको आर्थिक बर्षमा यस अदालतमा करणीका तीन दर्जन भन्दा बढी मुद्धा परेका छन् ।

चोरवाटोबाट प्लस टु संचालन, कारवाही कहिले हुने ? - 2017-07-23
हेटौंडा, ८ श्रावण/मकवानपुर जिल्लाका केही प्लस टु हरु चोरवाटोवाट संचालनमा आइ विधार्थी भर्ना शुरु गरेका छन् । जसको कारण विधार्थीको भविश्य समेत अन्यौलमा पर्नै भएको छ । हेटौडाको मुख्य वजारमा कार्यालय संचालन गर्दै विधार्थी भर्नाको प्रचार प्रसार गर्ने हेटौडा सिटी कलेज, नारायणी कलेजले साइन्स, व्यवस्थापन मानविकी लगायतका विषयमा विधार्थी भर्ना खुला गरेका छन् ।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर शर्मामाथी हातपात - 2017-07-23
हेटौंडा, ८ श्रावण/हेटौँडा अस्पतालका प्रमुख डाक्टरलाई आफ्नै कर्मचारीले कुटपिट गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी कर्मचारीले हातपात गरेका हुन् । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई अस्पतालकै कर्मचारी रमेश श्रेष्ठले हातपात गरेको बताउनुभयो ।

हेटौँडामा भेटियो टुबोर्ग वियर भित्र लेदो - 2017-07-23
हेटौँडा, ८ साउन/हेटौँडा ११ थानाभर्याङमा रहेको एक होटलमा विक्रिको लागि राखिएको ‘टुवोर्ग बियर’ मा लेदो भेटिएको छ । उपभोग मिति सन् २०१८ सम्म रहेको वियरमा लेदो भेटीएपछि उपभोक्ताले वियर कम्पनीलाई कारबाहीको माग गरेका छन् । उनीहरुले सरकारी अनुगमन निरन्तर भैरहदा समेत यस्ता सामग्रीहरु बजारमा आइरहेकोप्रति अनुगमनको तौर तरिकामाथि पनि प्रश्न गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top