मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

मकवानपुर समाचार

हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा ।

हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर

हेटौंडा उपमहानगरपालिका क्षेत्रका तीन वटा संस्थागत विद्यालयको आज अनुगमन गरिएको छ । हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा निजी विद्यालयहरुको अनुगमन गरिएको हो । हेटौंडाको नवोदय शिशुसदन सेकेण्डरी स्कुल, शिद्धार्थ शिसुसदन माध्यमिक विद्यालय र उज्वल शिसु निकेतनको आज अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा उज्वल शिसु निकेतमा सौचालय फोहोर, बिद्यालयको क्यान्टीनमा जंकफुड समेत बिक्रीका लागि राखिएको, शिसुका विद्याथीलाई चिसोमा राखिएको, बिद्यालयको कम्पाउन्ड समेत तारजालीले वेरीएको लगायतका समस्या पाइएको हो ।

यसैगरी शिद्धार्थ शिसु सदनमा बिद्यालयमा आउने विद्यार्थीले जंकफुड समेत खाजा ल्याइएको पाइएको छ । निजी विद्यालय खोल्दा पुरा गर्नुपर्ने मापदण्ड निजी बिद्यालयहरुले पुरा नगरेको मेयर महतले वताउनुभयो । मेयर महतको नेतृत्वमा तीन वटा विद्यालयको सौचालय, क्यान्टीन, कक्षाकोठा लगायतका क्षेत्रको अनुगमन गर्नुभएको हो ।

बिद्यालय सञ्चालन गर्दा कम्पाउन्ड घेरीएको, सुद्ध पीउने पानीको पर्याप्त क्षमता भएको, सफा कक्षा कोठा, सौचालय हुनुपर्ने मापदण्ड रहेको उपमहानगरपालिका शिक्षा साखाका सातौ तहका अधिकृत सरस्वती कोइरालाले वताउनुभयो । हेटौंडामा अनुगमनका क्रममा नवोदय माध्यमिक विद्यालयले धेरै मापदण्ड पुरा गरेपनि अरु विद्यालयले भने विद्यालयको मापदण्डनै पुरा गरेका छैनन् ।

हेटौंडाका निजी विद्यालयहरुमा धेरै सुधार ल्याउन जरुरी रहेको कोइरालाले वताउनुभयो । विद्यालय खुल्दा गरेका मापदण्ड समेत पुरा नगरेको पाइएको उहाँले वताउनुभयो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


ज्वाला कारगार चलान - 2019-04-16
मकवानपुर,३ बैशाख ।

प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु - 2019-04-16
मकवानपुर,३ बैशाख ।

प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु - 2019-04-16
मकवानपुर,३ बैशाख ।

लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड - 2019-01-28
हेटौंडा,१४ माघ ।

स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो - 2019-01-22
मकवानपुर खबर ८ माघ । हेटौंडा १० बसपार्क क्षेत्रमा हिजोमात्र शिलान्यास गरि निर्माण प्रारम्भ गरिएको तौलपुलको खाडललाई उपमहानगरपालिकाले पुरेको छ ।

सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत - 2018-11-28
सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको मकवानपुरमा स्वागत गरिएको छ । मकवानपुरको मनहरीमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन

मजुवा खानी उत्खनन् प्रक्रिया शुरु - 2018-11-28
मकवानपुर १२ मसिंर । हेटौंडा सिमेन्ट उद्योगले आफ्नो पुनारो खानी क्षेत्र मकवानपुरगढी ५ स्थित मजुवा खानी उत्खनन् प्रक्रिया सुरु गरेको छ । खानी उत्खनन्को लागि ठेक्का पारेको कम्पनी खानीसम्म पुग्ने सडक निर्माणको कामलाई तीब्रता दिएको छ ।

मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार - 2018-08-14
मकवानपुर २९ साउन । मकवानपुरको हुमाने भञ्ज्याङमा आज एउटा सुमोमाथि बम प्रहरा भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमोमाथि पेट्रोल बम प्रहार भएको सुचना प्राप्त भएको छ । तर घटनाको विषयमा पूर्ण जानकारी भने आईसकेको छैन् ।

मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी - 2018-08-14
२९ साउन, मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top