मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

मकवानपुर समाचार

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा –

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ र ३ मा अहिले सडकको स्तरोन्नति कार्य सुरु गरिएको छ । प्रदेश–३ सरकारको करिब ३ करोड रुपैयाँको लागतमा पिप्ले शिखरकटेरी मार्गको स्तरोन्नति गर्न लागिएको हो । सडकको स्तरोन्नतिको जिम्मा सपना निर्माण सेवाले लिएको भएपनि उसले पेटी ठेकदारको भरमा काम लगाउँदा सडकको अवस्था बेहाल भएको स्थानीयले बताएका छन् । स्थानीयले जथाभावी बालुवा प्रयोग गरेर सडक बनाउने भन्दा बिगार्ने काम भइरहेको आरोप लगाएका छन् ।

मजदुरको कन्तबिजोग

तिहारको समयमा घरखर्च चल्ला र केही कमाइ होला भनेर बिहानैदेखि काममा जोतिएका मजदुरले बाटोको काम गरेको ज्याला पनि पाउन सकेका छैनन् । राजेन्द्र पन्त, प्रतापसिंह घलान, बुद्ध लोलगायतका मजदुरले अहिलेसम्म एक रुपैयाँ पाएका छैनन् । सातदिन काम गरेको भएपनि एक रुपैयाँ पारिश्रमिक आफूहरुले नपाएको पन्तले पीडा सुनाए । पीडा लोको पनि उस्तै छ । उनले झन् तिहारमा पैसा नहुँदा आफ्ना दिदीबहिनीलाई दक्षिणा समेत दिन पाएनन् । घलानले काम गरेको पैसा नपाउँदा दैनिकी चलाउन नै धौधौ परेको पीडा सुनाए ।

मजदुरले सामान लगेको आरोप

मजदुरहरुलाई काम लगाउनका लागि र सडकको ब्यवस्थापनको जिम्माका लागि भन्दै सडक ठेक्काको जिम्मा लिएको सपना निर्माण सेवाका पेटी ठेकेदार बुद्ध लामाले भने आफूले बाटो बनाउने स्थानमा राखिएको केही सामानहरु हराएको आरोप लगाए । उनले आफूले एकजना मिस्त्रीलाई मजदुरहरु काममा लगाउन भनेको र उनै मार्फत् मजदुरहरु काममा आएका कारण कसले कति लिनु छ आफूलाई थाहा नभएको बताए । केही रकम मजदुरलाई लिन आग्रह गर्दा उनीहरुले नमानेको पेटी ठेकेदार लामाले बताए । काम पूरा नभएका कारण सबै रकम नदिएको उनले बताएका छन् ।

ठेकेदारलाई पत्तै छैन

सडक स्तरोन्नतिको जिम्मा लिएको सपना निर्माण सेवाका संचालक नरेन्द्र भण्डारीले भने आफूलाई यस बिषयमा खास थाहा नभएको बताए । उनले मजदुरको समस्या भएको भन्ने कुरा आफूले जानकारी पाएको तर, सबै कुरा थाहा नपाएको बताए । उनले काम निर्वाधरुपमा भइरहेको बताए । सडकमा कमसल खालको बालुवा प्रयोग भएको बिषयमा कुरा गर्दा उनले त्यस्तो बालुवा प्रयोग नगर्न आफूले निर्देशन दिएको जिकिर गरे । तंपाइ आफैंले जिम्मा लिएको कामको गुणस्तर हेर्नु पर्दैन ? भन्ने प्रश्नमा उनले पेटी ठेकेदारलाई जिम्मा दिएको बताए । उनले कुनैपनि निर्माणको काममा ठेकेदारले नभइ मजदुरहरु निश्चित प्रक्रियाबाट राखिने गरेको बताए ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी - 2019-04-21
हेटौंडा

पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद - 2019-04-20
हेटौंडा,७ बैशाख ।

सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया - 2019-04-19
मकवानपुर,६ बैशाख

पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना - 2019-04-18
हेटौंडा ।

मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस् - 2019-04-18
मकवानपुर,५ बैशाख ।

हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले - 2019-04-17


ज्वाला कारगार चलान - 2019-04-16
मकवानपुर,३ बैशाख ।

प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु - 2019-04-16
मकवानपुर,३ बैशाख ।

प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु - 2019-04-16
मकवानपुर,३ बैशाख ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top