मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

मकवानपुर समाचार

संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा ।

संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ

 प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आज संसदीय मामिला पत्रकारिता सम्वन्धमा पत्रकार अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर साखाको संयोजन तथा संसद सहयोग परियोजना संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले संबिधान भन्दा माथी कोही पनि नभएको वताउनुभयो । संबिधान भन्दा माथी राष्ट्रपति, अदालत, सरकार कोही पनि नभएको वताउनुभयो । संबिधान संग बाझिने कानून निर्माण खारेज हुने उहाँले वताउनुभयो । राजनैतिक दलहरूले मनगडन्ते कुरा गरेर सत्य तथ्यलाई छायामा पारेको बताउनुभएको छ ।

राजनैतिक व्यक्तित्वहरूले संविधान संम्वत कुराहरू र तथ्यमा आधारित कुराहरू गर्नुपर्ने बताउँनुहुँदै मनगढन्ते कुरा गरेर देशको विकास नहुने र संविधानको पालना नहुने बताउनुभयो । प्रदेशसभा, सांसद र पत्रकारहरू बिचको सम्बन्ध हालको अवस्था कमजोर रहेको प्रति दुखेसो व्यक्त गर्दै सभामुख भन्नुहुन्छ “अब हामी पत्रकारहरूसंगको सम्वन्धलाई मजवुत बनाउनेछौ ।’

सभामुखले आन्तरिक लगानि बृद्दिका लागि प्रदेश, स्थानिय र निजि क्षेत्रको सहभागितामा कार्ययोजना निर्माणमा प्रदेश सरकार जुटिरहेको समेत जानकारि गराउनुभएको छ । नेपालमा निर्यात भन्दा वढि आयत धेरै भएको कुरालाई मध्यनजर गर्दै आयात कम गर्ने उद्देश्यले यस्तो रणनिति अघि सारेको पुष्टि गर्नुभएको छ । संसदको हलको समस्याका कारण पत्रकारले समस्या बेहार्नु परेको उहाँले वताउनुभयो । हाल सम्म प्रदेश सभाबाट ४५ वटा कानून पारित भएको उहाँले वताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले हेटौंडाका पत्रकारले संसदीय रिपोटिङको अभ्यास गरिरहेको अवस्थामा यो तालिम फलदायी भएको वताउनुभयो । संसदीय रिपोर्टीङका लागि आगामी दिनमा पनि सहकार्य गरेर अगाढी वढ्नका लागि अध्यक्ष हुमागाईले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अधिवक्ता तथा संविधानसभा सदस्य अभिवक्ता रेवति रमण भण्डारिले संसदिय प्रक्रिया र सुचना सम्प्रेषणमा पत्रकारहरूले ख्याल गर्नुपर्ने विषयमा प्रस्तुतिकरण गर्नुभयो । कार्यक्रममा अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले संसदिय मामिला पत्रकारिता अवधारणा अभ्यास र चुनौति र प्रभावकारि संसदिय अभ्यासका लागि संसद सचिवालय र पत्रकार सम्वन्धका वारेमा प्रस्तुति गर्नुभएको थियो ।

नेपाल पत्रकार महमसंघ मकवानपुर शाखाका अध्यक्ष हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष पोष्टराज अधिकारी, सचिव गणे दर्पण अधिकारी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका ६२ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौंडामा ट्राफिक प्रहरीे समेलन, सवारी दुर्घटना न्यूनिकरणमा जोड - 2019-06-28
हेटौंडा

राक्सिराङमा विसालु च्याउ खाँदा बेहोस तीन जनाको हेलीकोप्टरबाट भरतपुर अस्पताल(अपडेट) - 2019-06-28
हेटौंडा

मकवानपुरको राक्सिराङमा विसालु च्याउ खाँदा गुन्जमायाँको मृत्यु, तीन जना बेहोस - 2019-06-28
हेटौंडा

बर्डफ्लु पीडित हेटौंडाका किसानलाई साढे ४ करोड रकम बितरण - 2019-06-26
हेटौंडा

मकवानपुरमा लागूऔषध नियन्त्रण गर्न सबै पक्ष लाग्न आग्रह - 2019-06-26
हेटौंडा

काग्रेश सांसदद्वारा ३ नम्बर प्रदेशसभा बैठक अबरुद्ध - 2019-06-25
हेटौंडा

मुआब्जा दिएर मात्र २५ मिटर बिस्तार गर्न पाइन्छ–मकवानपुर उद्योग बाणिज्यसंघ - 2019-06-25
हेटौंडा

मनहरी गाउँपालिकाको बजेट ६२ करोड ४२ लाख - 2019-06-25
हेटौंडा

हेटौंडाको बजेट एक अर्ब ८१ करोड, आन्तरिक आमदानी ३० करोड - 2019-06-25
हेटौंडा

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top