मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी   

मकवानपुर समाचार

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता


 नेपालका दुई ठूला आन्दोलनका क्रममा आफ्नो चार भाइ छोरा गुमाउन पुगेकी मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ की ७० बर्षीया सुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले सहयोग गरिदिने भएको छ । 

हेटौंडा एफएमबाट सुभद्रा दर्नालका बिषयमा खबर प्रसारित भएपछि मंगलबार दर्नालको निवासमा नै पुगेर हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सुभद्रा दर्नालका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो । आफ्नी १८ बर्षीयाा नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्वासी बस्तीमा बस्दै आउनु भएकी सुभद्रलाई मेयर महतले नगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको ब्यवस्था मिलाइने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले दशैंका लागि आवश्यक सबै खर्च पनि आफूले उपलब्ध गराइ दिने प्रतिबद्धता जनाउनु भएको छ । 

यीनै आमाहरु जस्ता छोराहरुकै बलिदानीमा आफूहरु स्थानीय सरकारको प्रमुख भएका कारण शहिद परिवारका बलिदानीको आफूहरुले उपेक्ष ागर्न नसक्ने मेयर महतले बताउनुभयो ।उहाँले आमा सुभद्राको बस्ने,खाने सहित औषधी उपचारको समेत ब्यवस्था आफूले गरिदिने र नातिनीका लागि जिविकोपार्जनका लागि पनि सहयोग गर्ने बताउनुभएको छ । आफ्नो घरमा आजसम्म कोही नेता नआएको र मेयर आएर आफ्ना पीडा सुनिदिएको भन्दै सुभद्रा दर्नालले खुसी ब्यक्त गर्नुभएको छ । पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाइले पत्रकारहरुले केही गर्दैनन् भन्नेहरुका लागि सुभद्राको खबर प्रकाशित भइ सहयोग पाउनु सबैभन्दा ठूलो जवाफ भएको बताउनुभयो । कार्यक्रममा सोही बस्तीकी स्वागत टोल बिकास संस्थाकी सदस्य बिन्दा लामाले मेयर महतको प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । स्मरणीय रहोस्,सुभद्रा दर्नालका जेठो छोरा काजी र माइलो भक्त २०४६ सालको आन्दोलनमा बेपत्ता भएका थिए भने काइलो अमृत र कान्छो रंजित माओवादी जनयुद्धमा बेपत्ता भएका हुन् भने साइलो छोरा बिरामी भएर निधन भएको हो  । उहाँको पत्रि नेत्र दर्नालको पनि करिब दशक अगाडि मृत्यु भइसकेको छ । हेटौंडा एफएमको प्रश्तुती कार्यक्रम हेटौंडा संवादमा मंगलबार बिहान सुभद्रा र उनकी नातिनीको कथा प्रसारण भएको थियो । यो सहित दोश्रो पटक सुभद्रा दर्दनाक पीडा दोश्रो पटक हेटौंडा एफएमका प्रसारण भएको हो ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा - 2019-09-20
हेटौंडा ।

संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी - 2019-09-19
हेटोंडा

बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल - 2019-09-18
हेटौंडा

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान - 2019-09-17
हेटौंडा

जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल - 2019-09-15
हेटौंडा

सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल - 2019-09-14
हेटौंडा

उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण - 2019-09-13
हेटौंडा

राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ - 2019-09-12
हेटौंडा

प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल - 2019-09-10
हेटौंडा ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top