मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

मकवानपुर समाचार

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

 हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ मा रहेको लक्ष्मी आधारभूत बिद्यालयलाई शिवम् सिमेन्ट प्रालिले शैक्षिक सामग्री प्रदान गरेको छ । 

बिद्यलाय परिसरमा एक कार्यक्रमको आयोजना गरी शिवम् सिमेन्टले उक्त बिद्यालयमा प्रधानाध्यापक यदुदेव सिग्देल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम सुवेदीलाई शैक्षिक सामग्री स्वरुप कम्यूटर प्रदान गरिएको हो । सो अवसरमा बिद्यालयलाई चारथान कम्यूटर र एकथान मोनिटर प्रदान गरिएको हो । कार्यक्रममा शिवम् सिमेन्टका कार्यकारी संचालक रघुनन्दन मारुले बिद्यालयका बालबालिकाहरुलाई कम्यूटर शिक्षा प्राप्तिका लागि सजिलो होस् भन्ने उद्देश्यले कम्यूटर प्रदान गरिएको बताउनुभयो । 

कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष भैरव राई,शिवम् सिमेन्टका नवलकिशोर चौधरी,रामजी प्रसाद चिमौरिया,अच्यूत पराजुली,राम कँडेल लगायको उपस्थिति रहेको बिद्यालयका प्रधानाध्यापक यदुदेव सिग्देलले जानकारी दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार - 2018-08-14
मकवानपुर २९ साउन । मकवानपुरको हुमाने भञ्ज्याङमा आज एउटा सुमोमाथि बम प्रहरा भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमोमाथि पेट्रोल बम प्रहार भएको सुचना प्राप्त भएको छ । तर घटनाको विषयमा पूर्ण जानकारी भने आईसकेको छैन् ।

मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी - 2018-08-14
२९ साउन, मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ - 2018-08-08
थाहानगर र थाहा नगरको प्राविधिक घुस सहित रङगेहात पक्राउ परेका छन । आज दिउसो १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा प्राविधिक निमार्ण शाखामा कार्यरत सब इन्जिनियर कलराज न्यौपानेलाई प्रक्राउ गरेको थाहानगरका प्रमुख लवशेर विष्टले जानकारी दिए ।

ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो - 2018-08-08
मकवानपुर – हेटौंडाको सबै ओम्याक्स सिने हलमा लागेको आगो दुई घण्टापछि निभाइएको छ । हेटौंडा उप–महानगरपालिका र आयल निगमको दमकलले आगो निभाएको हो । आगलागीबाट हल भित्रका सबै सामानहरु जलेर नष्ट भएका छन् । हेटौंडाको पहिलो अत्याधुनिक हल ओम्याक्स हल आगोलागीले क्षण भरमै ध्वस्त भएको छ ।

फाखेल र सिस्नेरीतर्फको दुबै सडक पहिरोको कारण अवरुद्ध - 2018-08-07
हेटौँडा,२२ श्रावण । सोमबार राती खसेको पहिरोको कारण हेटौंडा–काठमाडौं छोटो मार्ग अवरुद्ध भएको छ । हेटौंडाबाट काठमाण्डौँको लागि जाने सिस्नेरी र फाखेल सडकखण्ड दुबै अवरुद्ध भएको र सबारी सञ्चालन नभएको हो ।

गुम्बा बिहार पुननिर्माण बारे आज हेटौँडामा बृहत अन्तरक्रिया हुँदै - 2018-08-07
हेटौँडा, २२ साउन । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ध्वस्त भएका गुम्बा बिहार तथा निजि आवास एबम धार्मिक मठ मन्दिर धर्मशाला लगायत ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको पुननिर्माणमा आएको गतिरोध अन्त्यका लागि आज हेटौँडामा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

मनहरीमा टिपर र ट्रक ठोक्कियो - 2018-08-07
मकवानपुर, २२ साउन । मकवानपुरको मनहरी गाउँपािलका वडा नम्बर ६ नयाँब बस्तीमा सोमबार मालवाहक टिपर र मालवाहक ट्रक एक आपसमा ठोकिएको छ ।

हेटौँडामा टिप्परको ठक्करबाट युवकको ज्यान गएपछि कान्तिलोपथ बन्द - 2018-08-06
हेटौँडा, २१ साउन । कान्ति लोकपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा आइतबार टिप्परको ठक्करबाट एक युवकको ज्यान गएपछि सुरु भएको विवादले चर्को रुप लिउको छ । स्थानीयले कान्तिलोक पथ बन्द गर्दै स्थानीयले सवारी सञ्चालनमा रोक लगाएका हुन् ।

छोराले थाहै नदिई जग्गा बेचेको थाहा पाएपछि बकैयाकी जानुका खड्का मालपोत कार्यालयमै बेहोस - 2018-07-29
मकवानपुर १३ साउन । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ३ जलजलेकी जानुका खड्का शुक्रबार दिउँसो मालपोत कार्यालय मकवानपुरमा बेहोस भईन, भुकम्पपीडित उनी नँया धर बनाउन सरकारले दिने अनुदान रकमका लागि त्यहा पुग्दा आफ्नो नाममा रहेको जग्गा बिक्रि भईसकेको थाहा पाईन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top