मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

मकवानपुर समाचार

मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली


  • मकवानपुर समाचार
  • पटक पढिएको
काठमाडौं

मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

नेपाल सुरुङमार्गबाट प्रवेश गर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि अब धमाधम सुरुङमार्ग निर्माणका चरणमा प्रवेश हुन थालेको छ । नेपालकै पहिलो सुरुङमार्गको निर्माणको औपचारिक शिलन्यास सोमबारबाट शुरु भएको हो ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चित्लाङबासीलाई खुसीको खवर सुनाए । उनले काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ पाँच मिनेटमा पुग्ने गरी बाटो बनाउन लागिएको जानकारी गराए । उनले थानकोटबाट चित्लाङसम्म सुरूङ निर्माणको सर्वे भइरहेको बताए ।

‘अलिकति समय लाग्छ। पाँच मिनेटमा थानकोटबाट चित्लाङ पुगिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘सर्वे भइराखेको छ ।’ अहिले थानकोटबाट चित्लाङ पुग्न पन्ध्र किलोमिटरको उकालो आरोलो बाटोका लागि एक घण्टा समय लाग्ने गरेको छ ।

धानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको शिलान्यास गर्नुभएको छ ।

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सुरुङमार्गको चन्द्रागिरि नगरपालिका १ को टोटेपाखामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । उहाँले शिलापत्रको अनावरण पनि गर्नुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को दशमलव ०१ प्रतिशत सहुलियत ऋण सहयोगमा सुरु गरिएको सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको  छ ।

प्रवेश मार्गसहित ५ दशमलव ५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो ।

झण्डै छ अर्ब रुपैयाँ स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भैरहेको छ । अहिलेसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । चार वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलो पटक निर्माण गर्न लागिएको सुरुङ मार्गमा दुइटा साना ‘फ्लाइ ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो । सुरुङ मार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइ ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाइ ओभर’ पनि नेपालकै पहिलो हो ।

सुरुङ मार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङ मार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ । यही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अवरुद्ध कान्ति सडक खुल्यो - 2019-05-31
मकवानपुर,१७ जेठ

खानेपानीको समस्या टार्न महिला जुटे - 2019-05-30
मकवानपुर

हेटौंडामा सप्ताहब्यापी रुपमा वातावरण दिवश मनाइदै - 2019-05-30
हेटौंडा

बन्दका क्रममा हेटौंडामा प्रेशर कुकर बम, ट्रकमा आगजनी - 2019-05-27
हेटौंडा

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको विद्युत काटियो - 2019-05-26
हेटौँडा

तीनै तहका अदालत संगै मकवानपुर अदालत पनि बन्द - 2019-05-26
हेटौंडा

पोसाकमैै हेटौंडा आइपुगेका भारतिय प्रहरी मकवानपुर प्रहरीको फन्दामा - 2019-05-25
हेटौंडा

पत्रकारले रचनात्मक आलोचना र टिप्पणि गर्नुपर्छ–मुख्यमन्त्री पौडेल - 2019-05-23
हेटौंडा

सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी. - 2019-05-21
नामटार

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top