मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

मकवानपुर समाचार

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

 हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ मा रहेको लक्ष्मी आधारभूत बिद्यालयलाई शिवम् सिमेन्ट प्रालिले शैक्षिक सामग्री प्रदान गरेको छ । 

बिद्यलाय परिसरमा एक कार्यक्रमको आयोजना गरी शिवम् सिमेन्टले उक्त बिद्यालयमा प्रधानाध्यापक यदुदेव सिग्देल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम सुवेदीलाई शैक्षिक सामग्री स्वरुप कम्यूटर प्रदान गरिएको हो । सो अवसरमा बिद्यालयलाई चारथान कम्यूटर र एकथान मोनिटर प्रदान गरिएको हो । कार्यक्रममा शिवम् सिमेन्टका कार्यकारी संचालक रघुनन्दन मारुले बिद्यालयका बालबालिकाहरुलाई कम्यूटर शिक्षा प्राप्तिका लागि सजिलो होस् भन्ने उद्देश्यले कम्यूटर प्रदान गरिएको बताउनुभयो । 

कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष भैरव राई,शिवम् सिमेन्टका नवलकिशोर चौधरी,रामजी प्रसाद चिमौरिया,अच्यूत पराजुली,राम कँडेल लगायको उपस्थिति रहेको बिद्यालयका प्रधानाध्यापक यदुदेव सिग्देलले जानकारी दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो - 2017-07-21
प्युठान- सरकारी स्वास्थ्य संस्थामा निशुल्क कन्डमका बक्स त हामीले देखेकै छौं। सबैले देख्ने स्थानमा राखिएका ति बक्सबाट कन्डम निकाल्न अझै पनि मानिसहरु हिचकिचाउने गरेका छन्। स्वास्थ्य संस्थाबाट कन्डम निशुल्क पाइन्छ भन्ने जानकारी हुँदाहुँदै पनि लाजका कारण कन्डम निकाल्नेको संख्या कम भएपछि प्युुठानमा एउटा नयाँ जुक्ति निकालिएको छ।

प्लास्टिकको चामल पहिचान गर्ने ५ तरिकाहरु - 2017-07-14
जमाना पनि कस्तो आयो! नक्कली दुधदेखि लिएर मिसावट गरिएको तेल त बजारमा सजिलै बिक्रि भई रहेका थिए तर अब त चावल पनि नक्कली निस्कीएको छ। हो, देशको धेरै स्थानमा प्लास्टिकको चामल धमाधम बिक्रि भईरहेको खबर छ। उपत्यका भित्र पनि कैयौ पसलहरुमा प्लास्टिकको चामल बिक्रि भईरहेका छन्। आत्तिहाल्नु पर्ने अवस्था छैन किन की यी पाच तरिकाबाट सजिलै असली र नक्कली चावल छुट्टाउन सकिन्छ।

के हो जोर्नी खिइने समस्या? ५ लक्षण र उपचार - 2017-06-26
के हो जोर्नी खिइने समस्यारु यसका लक्षण र उपचार के होला ? आर अस्टिओ आर्थाइटिस् उमेर पुगेपछि मानिसमा देखा पर्ने एउटा समस्या हो । अस्टिओ आर्थाइटिस्लाई नेपालीमा जोर्नी खिइने समस्या भनिन्छ । यो समस्या बिशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ ।

कोलेस्ट्रोल कम गर्ने उपाय - 2017-05-25
रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले भोजनमा मासुको प्रयोग कम गर्ने । यदि मासु खानै पर्नेभए छाला भएको मासु खाने । विफ, पोर्क र भेडाको मासु खान छाडेको राम्रो । दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुपर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

बाग्मती ५ मा बुद्धिमान विजयी - 2017-05-16
२ जेठ । बाग्मती गाउँपालिकामा वडा नम्बर ५ को मतगणना सकिएको छ । बाग्मती ५ को वडाअध्यक्षमा ३५३ मत ल्याउँदै माओवादी केन्द्रका बुद्धिमान माझी विजयी भएका छन् ।

फोक्सो स्वस्थ राख्न यी कुरा खाने गर्नुहोस् - 2017-04-30
मकै मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।

विरगञ्जमा दुई साताअघि भएको अहेब बबिताको हत्यामा उनकै श्रीमानको संलग्नता - 2017-04-12
वीरगन्ज– पर्साको रमगढवा हेल्थ पोस्टमा कार्यरत अहेब बबिता पण्डितको रहस्यमय हत्यामा उनकै पतिको हात रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले वविता हत्यामा उनका पति अमरेन्द्र पण्डितको समेत संलग्नता रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले हत्याको अनुसन्धान अन्तिम अवस्थामा पुगेको र अनुसन्धानका क्रममा दोषि देखिएकालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top