HetaudaFM 96.6 - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

स्वास्थ्य

स्वास्थ्य प्रकाशित मिति:

पौष्टिक आहारको कमी : एक तिहाइ बालबालिका पुड्का


मंसिर ३, २०७४(सन्तुलित खाना नपाउँदा ५ वर्षमुनिका एक तिहाइभन्दा बढी बालबालिका पुड्का हुने गरेका छन् । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा आवश्यक पोषण नपाउँदा बालबालिकाको उचाइ उमेरअनुसारको हुने नगरेको औंल्याइएको छ । सर्वेक्षणका अनुसार एक सयमध्ये ३६ बालबालिकाको उचाइ उमेरअनुसारको छैन । सर्वेक्षणले सयमा १० बालबालिका ख्याउटे हुने गरेको र २७ जना कम तौलका हुने गरेको पनि देखाएको छ । एक सय जनामा सर्वेक्षण गर्दा आवश्यकभन्दा बढी तौल भएका एक बालबालिका पाइएको पनि सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनले कुपोषणले शारीरिक मात्र नभई मानसिक क्षमतामा समेत ह्रास ल्याउने उल्लेख गरेको छ । पाँच वर्षमुनिका २ हजार ४ सय ९१ बालबालिकाको उचाइ र तौलको विश्लेषण गरी यो नतिजा निकालिएको हो । सर्वेक्षणले प्रदेश ६ मा ५५ प्रतिशत बालबालिकाको उमेरअनुसार कम उचाइ भएको देखाएको छ । प्रदेश ५ मा ३९, प्रदेश २ मा ३७, प्रदेश ७ मा ३६, प्रदेश १ मा ३३ र प्रदेश ३ र ४ मा २९ प्रतिशत बालबालिकामा यो समस्या देखिएको छ । सर्वेक्षणले उच्च आय भएको वर्गमा १७ प्रतिशत तथा कम र निम्न आय भएको वर्गमा ४९ प्रतिशत बालबालिकामा उमेरअनुसार उचाइ नपुगेको देखाएको छ । विशेषज्ञका अनुसार शिशुको पहिलो एक हजार दिनमा अपर्याप्त पोषण र निरन्तर हुने रोग संक्रमणले गर्दा बालबालिकामा अपरिवर्तनीय पुड्कोपना ९स्टन्टिङ० आउँछ । पुड्कोपना भएका बालबालिकामा पछि बढी तौल बढ्ने वा मोटो हुने जोखिमसमेत रहन्छ । 

कुपोषणले मानसिक विकासमा समेत असर पार्ने र मस्तिष्कको तीक्ष्णता प्रभावित हुने विज्ञ बताउँछन् । ‘मस्तिष्कको विकास मुख्य रूपमा पाँच वर्षको उमेरसम्म हुन्छ,’ स्नायु शल्य चिकित्सक डा। वसन्त पन्त भन्छन्, ‘पोषणको कमीले पुड्कोपना मात्र आउँदैन, यसले मानसिक क्षमतालाई समेत जीवनभर प्रभावित गर्छ ।’

मस्तिष्कको ८० प्रतिशत विकास २ वर्षको उमेरसम्म हुने भएकाले त्यो समयमा कुपोषण भएमा मस्तिष्कको विकासमा असर पर्ने र यो कमी जीवनभर पूरा हुन नसक्ने डा। पन्त बताउँछन् । नेपालीहरू वंशाणुगत रूपमा पुड्को नरहेको उल्लेख गर्दै डा। पन्त भन्छन्, ‘शारीरिक र मानसिक विकासका लागि बाल्यकालमा चाहिने उपयुक्त पोषण अभावले पुड्को र औसत मानसिक क्षमताका हुनेको संख्या ठूलो छ ।’ 

बाल स्वास्थ्य महाशाखाअन्र्तगत पोषण शाखाका प्रमुख रामकुमार पोखरेल पुड्का आमाबुबाका सन्तान पनि पुड्को हुन्छन् भन्ने मान्यता गलत भएको बताउँछन् । ‘५ वर्षसम्ममा उपयुक्त पोषण पाएमा पुड्का आमाबाबुका सन्तान पुड्का हुँदैनन् ।’ विशेषज्ञका अनुसार कुपोषणले पुड्का भएकाहरूमा मुटु रोग, मधुमेहजस्ता नसर्ने रोगको जोखिम समेत बढी हुन्छ । 

(ईकान्तिपुरबाट)

पौष्टिक आहारको कमी : एक तिहाइ बालबालिका पुड्का

- 2017-11-19मंसिर ३, २०७४(सन्तुलित खाना नपाउँदा ५ वर्षमुनिका एक तिहाइभन्दा बढी बालबालिका पुड्का हुने गरेका छन् । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा आवश्यक पोषण नपाउँदा बालबालिकाको उचाइ उमेरअनुसारको हुने नगरेको औंल्याइएको छ । सर्वेक्षणका अनुसार एक सयमध्ये ३६ बालबालिकाको उचाइ उमेरअनुसारको छैन । सर्वेक्षणले सयमा १० बालबालिका ख्याउटे हुने गरेको र २७ जना कम तौलका हुने गरेको पनि देखाएको छ । एक सय जनामा सर्वेक्षण गर्दा आवश्यकभन्दा बढी तौल भएका एक बालबालिका पाइएको पनि सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रहरी अस्पताल अब सर्वसाधारणका लागि पनि खुला

- 2017-11-12काठमाडौं, कात्तिक २६ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो

- 2017-07-21प्युठान- सरकारी स्वास्थ्य संस्थामा निशुल्क कन्डमका बक्स त हामीले देखेकै छौं। सबैले देख्ने स्थानमा राखिएका ति बक्सबाट कन्डम निकाल्न अझै पनि मानिसहरु हिचकिचाउने गरेका छन्। स्वास्थ्य संस्थाबाट कन्डम निशुल्क पाइन्छ भन्ने जानकारी हुँदाहुँदै पनि लाजका कारण कन्डम निकाल्नेको संख्या कम भएपछि प्युुठानमा एउटा नयाँ जुक्ति निकालिएको छ।

प्लास्टिकको चामल पहिचान गर्ने ५ तरिकाहरु

- 2017-07-14जमाना पनि कस्तो आयो! नक्कली दुधदेखि लिएर मिसावट गरिएको तेल त बजारमा सजिलै बिक्रि भई रहेका थिए तर अब त चावल पनि नक्कली निस्कीएको छ। हो, देशको धेरै स्थानमा प्लास्टिकको चामल धमाधम बिक्रि भईरहेको खबर छ। उपत्यका भित्र पनि कैयौ पसलहरुमा प्लास्टिकको चामल बिक्रि भईरहेका छन्। आत्तिहाल्नु पर्ने अवस्था छैन किन की यी पाच तरिकाबाट सजिलै असली र नक्कली चावल छुट्टाउन सकिन्छ।

के हो जोर्नी खिइने समस्या? ५ लक्षण र उपचार

- 2017-06-26के हो जोर्नी खिइने समस्यारु यसका लक्षण र उपचार के होला ? आर अस्टिओ आर्थाइटिस् उमेर पुगेपछि मानिसमा देखा पर्ने एउटा समस्या हो । अस्टिओ आर्थाइटिस्लाई नेपालीमा जोर्नी खिइने समस्या भनिन्छ । यो समस्या बिशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ ।

कोलेस्ट्रोल कम गर्ने उपाय

- 2017-05-25रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले भोजनमा मासुको प्रयोग कम गर्ने । यदि मासु खानै पर्नेभए छाला भएको मासु खाने । विफ, पोर्क र भेडाको मासु खान छाडेको राम्रो । दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुपर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

बाग्मती ५ मा बुद्धिमान विजयी

- 2017-05-16२ जेठ । बाग्मती गाउँपालिकामा वडा नम्बर ५ को मतगणना सकिएको छ । बाग्मती ५ को वडाअध्यक्षमा ३५३ मत ल्याउँदै माओवादी केन्द्रका बुद्धिमान माझी विजयी भएका छन् ।

फोक्सो स्वस्थ राख्न यी कुरा खाने गर्नुहोस्

- 2017-04-30मकै मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।

विरगञ्जमा दुई साताअघि भएको अहेब बबिताको हत्यामा उनकै श्रीमानको संलग्नता

- 2017-04-12वीरगन्ज– पर्साको रमगढवा हेल्थ पोस्टमा कार्यरत अहेब बबिता पण्डितको रहस्यमय हत्यामा उनकै पतिको हात रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले वविता हत्यामा उनका पति अमरेन्द्र पण्डितको समेत संलग्नता रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले हत्याको अनुसन्धान अन्तिम अवस्थामा पुगेको र अनुसन्धानका क्रममा दोषि देखिएकालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216489 Times Visited.

Top