मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 भाजपा नेताको भनाइः केपी ओली प्रधानमन्त्री बन्नु सुखद     राष्ट्रियसभा निर्वाचनः प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता     प्रदेश १ मा दश जनाको मनोनयन      अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ     राष्ट्रियसभा चुनावमा जनमोर्चाका तीन उम्मेदवार     शेयर बजारसँगै कारोबार रकम पनि ओरालो     पोइल जान पाउँ भन्दै गीत गाउने कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार     कुन प्रदेशमा कसको सरकार ?       मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई      आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ     तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो    

खेलकुद समाचार

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

  • खेलकुद समाचार
  • पटक पढिएको
८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन आधिकारिक र मान्यता प्राप्त नभएको बताएको छ ।

 मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

निकै विवादका बीच ५ गते शुक्रबार भएको साधारणसभा एवम् अधिवेशनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको भन्दै एन्फाले ३ दिनपछि विज्ञप्ति निकालेको हो ।एन्फाका महासचिव धीरेन्द्र प्रधानद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा फुटबल संघ अध्यक्ष राजेन्द्र श्रेष्ठले साधारणसभा गराउन नसकिने अवस्था आएको जानकारी गराए पछि साधारणसभा नगर्नु नगराउनू भनि एन्फाले पठाएको तर सञ्चार माध्यमहरुमा मकवानपुर जिल्ला फुटबल संघको साधारणसभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको भन्ने समाचारले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

एन्फाको निर्देशिका २०७४ बमोजिम एन्फाको निर्वाचन प्रतिनिधिको रोहबरमा भएको निर्वाचनलाई मात्र मान्यता दिने प्रावधान अनुरुप मकवानपुर जिल्ला फुटबल संघको निर्वाचनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा एन्फाले छानबीन समिति गठन गरी सत्यतथ्य पत्ता लगाई यसबारे थप निर्णय गर्ने विज्ञप्ति मार्फत जानकारी दिएको छ । फुटबल संघको साधारणसभाले टीकाराम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । एन्फाको यो विज्ञप्तिसंगै फुटबल संघमा थप विवाद आउने स्थिती देखिएको छ ।

यता मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिमा रहेको भनिएका पूर्व द्वितीय उपाध्यक्ष अतुल बर्मा र राजकुमार श्रेष्ठले आफूहरु सदस्य पदमा   नरहेको जानकारी दिएका छन् । ५ गते भएको साधारणसभा तथा निर्वाचनबाट कार्यसमिति सदस्य पदमा रहेको भन्ने समाचार आएको भन्दै उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन् । आफनो स्वीकृति विनानै कार्यसमिति सदस्यमा राखिएको भन्दै सहमति नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।बर्मा र श्रेष्ठद्धारा हस्ताक्षरीत विज्ञप्तिमा नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिदैँ आफुहरु भने कार्यसमितिमा नरहेको बताएका छन् । साधारणसभाको लागि आयोजकको नाताले उपस्थित भएको तर केन्द्रीय प्रतिनिधि समेत नभएको र एन्फाले साधारणसभा रोक्न पत्र पठाएपछि आफूहरु निस्किएर हिँडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई - 2018-01-22
८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन आधिकारिक र मान्यता प्राप्त नभएको बताएको छ ।

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा - 2018-01-16
राखेप च्याम्पियनशिप अन्तर्गत हेटौडामा जारी राष्ट्रिय महिला तथा पुरुष हक्कि प्रतियोगिताको आजको खेलवाट पुरुष तर्फ नेपाल आर्मी र सुदुरपश्चिमान्चल सेमिफाईनलमा प्रवेश गरेका छन ।

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी । - 2018-01-15
हेटौडा,माघ १ । राखेप च्याम्पियनशिप अन्तर्गत हेटौडामा सुरु भएको राष्ट्रिय महिला तथा पुरुष हक्कि प्रतियोगिताको आजको खेलमा महिला तर्फ मध्यमान्चल र नेपाली सेना तथा पुरुष तर्फ नेपाली सेना र ि विजयीभएका छन् ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई - 2018-01-15
१ माघ, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा गर्दै त्रिभुवन आर्मीले सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ ।

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका - 2018-01-15
तीन जना विदेशी राख्ने नियम छः महासचिव कोण्डिया १ माघ । एसियन सेभेन ए साइड फुटबल महासंघले साउथ एसियन फुटबल प्रतियोगितामा सहभागी देशले तीन जना खेलाडी विदेशी राख्नसक्ने प्रावधान रहेको दाबी गरेको छ ।

राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपिएफलाई - 2018-01-11
काठमाडौं, पुस २७ –राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

नेपाल आर्मी खप्तड गोल्डकपको सेमिफाइनलमा - 2018-01-11
नेपाल आर्मी क्लव धनगढीमा चलिरहेको खप्तड गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । कैलालीको धनगढीमा बिहीबार भएको खेलमा थ्री स्टार क्लवलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई - 2018-01-11
राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि त्रिभुुवन आर्मी क्लबले जितेको छ । पुरुष र महिला दुवैतर्फको उपाधि त्रिभुवन आर्मीले हात पारेको हो ।

जिल्ला फुटबल संघको अधिवेशन माघ ४ गते - 2018-01-11
हेटौंडाः आज बिहिबारका लागि तय गरिएको मकवानपुर जिल्ला फुटबल संघको अधिवेशन माघ ४ गतेका लागि सारिएको छ ।

1 2 3 4 NEXT

सम्पर्क
मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com

हाम्रो रेडियो
फेसवुक
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top