मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

मकवानपुर समाचार

प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने


  • मकवानपुर समाचार
  • 2 पटक पढिएको
हेटौंडा

प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने

बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ । प्रदेश ३ को विपद् व्यावस्थापन निर्देशक समितिको आजको वैठकले बाढी, पहिरोका कारण मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँका दरले राहत रकम दिने घोषणा गरेको हो ।

प्रदेश ३ का १३ जिल्लामा बाढी पहिरोका कारण हाल सम्म ११ जनाको मृत्यु भइसकेको प्रहरी तथ्याङ्क छ । प्रदेश सरकारले मृतक परिवारलाई एक लाख रुपैयाँका दरले दिने घोषणा गरेको हो । समितिका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको हो । यसैगरी बाढी पहिरोमा परेर घाईते भएकाहरुका लागि प्रदेश ३ सरकार मातहत रहेका अस्पतालमा निशुल्क उपचार गर्ने र त्यस भन्दा बाहेकका अस्पतालमा उपचार गराएमा जनही २५ हजार रुपैयाँ रम्म राहत रकम उपलब्ध गराइने मुख्य मन्त्री पौडेलले बताउनुभयो । घाइतेहरुको उपचारमा बिलका आधारमा बढीमा २५ हजार रुपैयाँ सम्म उपलब्ध गराउने उहाँले बताउनुभयो ।

प्रदेश सरकार मातहत ८ वटा अस्पताल रहेका छन् । ती अस्पतालमा उपचार गराउँदा घाइतेको उपचार खर्च सबै बेहोरीने र अन्य अस्पतालमा उपचार गराएमा २५ हजार रुपैंयाँ सम्म बेहोर्ने भएको हो । विपद् व्यावस्थापन निर्देशक समितिको बैठकमा सहभागि हुनुभएका प्रदेश ३ का आन्तिरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले बाढी, पहिरोको पीडामा परेकाहरुलाई थोरै भनेपनि राहत उपलब्ध गराउने उदेस्यले यो रकमको घोषणा गरिएको बताउनुभयो । बाढी, पहिरोको पीडा प्रदेश ३ का जिल्लाहरु मध्यमा मकवानपुरमा बढी भएको मन्त्री जमकट्टेलले बताउनुभयो । बैठकमा प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाको सहभागिता रहेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर

प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण

मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top