मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

मकवानपुर समाचार

मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता


  • मकवानपुर समाचार
  • 2 पटक पढिएको
हेटौंडा

मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता

 मकवानपुरको छुट्टा छुट्टै दई स्थानमा दुई जनालाई बाढी र पहिरोले बगाएको छ । बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना पहिरोले बेपत्ता भएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा महाभिर खोलाले बगाउँदा घाईते भएकी वालिका सञ्चना बलामीको मृत्यु भएको छ ।

दम्किबाट खोलाले बगाएर उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरि अस्पताल पु्याएका थिए । उनको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने सञ्चना बलामी तथा स्थानीय युवा सन्तोष बलामाीलाई दम्किबाट बगाएको थियो ।

मकवानपुरको कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी एक महिला बेपत्ता हुनु भएको छ । स्थानीय तारामाया पाख्रीन पहिरोमा परी हराइरहेको कैलाश गाउँपालिका वडा नं ५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो । बर्षा जारी रहेको र खोला तर्न नसकिएको कारण स्थानीयबासिन्दाहरु घटनास्थल पुग्न सकेका छैनन । हराइरहेकी महिला ५ नं वडा सदस्य मानबहादुर पाख्रीनकी आमा हुन ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top