मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

मकवानपुर समाचार

प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने


  • मकवानपुर समाचार
  • 4 पटक पढिएको
हेटौंडा

प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने

प्रदेश नम्बर ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने भएको छ । खाद्या र औषधिको गुणस्तर मापन गर्न प्रयोगशाला स्थापना गरेर सञ्चालनमा ल्याउन लागेको छ । खाद्य र तरकारीलाई परिक्षण गर्नका लागि प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्य प्रयोगशाला निर्माण गर्न लागेको हो । बिशेषगरी प्रदेश नम्बर ३ को खाद्यान्न छिर्ने प्रमुख नाकामा प्रयोगशाला राख्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताउनुभयो । प्रदेश सरकारले अनुगमन गर्ने परिक्षण गर्ने काम गर्ने गरी तयारी थालिएको हो ।

भारतबाट बिषाधिका तरकारी नेपाल भित्रिएको भनेर जनगुनासो आईरहेको समयमा प्रदेश सरकारले खाद्यान्न र तरकारी परिक्षण गर्न प्रयोगशाला निर्माण गर्न लागेको हो । प्रयोगशाला कहाँ स्थापना गर्ने भनेर स्थानको खोजी भइरहेको मन्त्री नेपालले बताउनुभयो । तरकारी तथा फुफूलमा प्रयोग हुने विषादी र यसको परिक्षण सम्बन्धी समाचारले मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेश भित्रको व्यापार तथा उपभोक्ता हक हित संरक्षणका विषयहरु सहित बजार अनुगमन, गुणस्तर परक्षिण लगायत अन्य अत्यावस्यक वस्तुको गुणस्तर मापदण्ड निर्धारण तथा अनुगमन र नियमनको लागि प्रदेश स्तरीय संयुक्त बजार निर्देशिका २०७५ निर्माण गरी जारी गरी सकिएको छ । प्रादेशिक व्यापार तथा व्यावसाय सम्बन्धी बिधेयक २०७५ प्रदेश सभामा दर्ता भइ छलफलको क्रममा रहेको मन्त्री नेपालले बताउनुभयो । कार्यक्रममा प्रदेश नीति तथा योजान आयोगका सदस्य श्याम कुमार बस्नेत, मन्त्रालयका सचिब शिव कुमार वाग्ले लगायतकाको उपस्थिती रहेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश

हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता

मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी

हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै

जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा

प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त

प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top