मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

मकवानपुर समाचार

मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार


  • मकवानपुर समाचार
  • 3 पटक पढिएको
हेटौंडा

मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार

 मकवानपुरमा खोलाले बगाएका चार जना र पहिरोमा पुरीएका एक जनाको उद्धार गरिएको छ । हेटौँडाको राप्ती खोलाले बगाएका चारै जनालाई दुई स्थानबाट उद्धार गरिएको हो । खोलाले बगाएका एक जना महिलालाई रापती पुलमुनीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

आज विहान खोलाले बगाएका मध्य तीन जनालाई बगेकै स्थानबाट उद्धार गरिएको र अर्का एक जनालाई खोलाले बगाएको धेरै तलबाट उद्धार गरिएको उहाँले बताउनुभयो । यसैगरी मकवापनुर गढी गाउँपालिका वडानम्बर २ जितपुर भन्ज्याङ्गमा पहिरोमा पुरीएका एक जनालाई पनि उद्धार गरिएको छ । आज बिहान पौने ७ बजेतीर घरमाथीबाट लडेको पहिरोले पुरेर घाईते भएका चितवन भरतपुर १ घर भएको २१ ब्र्षिय प्रबोध भण्डारीलाई उद्धार गरिएको उहाँले बताउनुभयो । उहाँको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top