मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 द्वन्दले खुसी खोसियो,कोख रित्तियो     संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल   

मकवानपुर समाचार

प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण

 प्रदेश नम्बर–३ मा प्रदेश खेलकुद बिकाश परिषदमा छनौट गरिएका सदस्य सचिब तथा पदाधिकारिहरुको आज हेटौंडामा सफथग्रहण गरिएको छ । प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलाल अध्यक्ष रहेको परिषदमा सदस्य सचिब सूर्यलाल भण्डारी र सदस्यहरु बिकाश तामाङ, माधब तिमल्सीना, ममिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई आज सफथ ग्रहण गराइएको हो । छ जनालाई परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री दुलालले सफथ खुवाउनुभयो ।

प्रदेश खेलकुद बिकाश परिषदमा २१ सदस्य टोली रहने भएपनि अहिले भने ६ जना मात्र यही असार ९ गतेको मन्त्री परिषदको बैठकले निणय गरेको थियो । कार्यक्रमलाई संबोधन गर्दै सामाजिक बिकाश मन्त्री दुलालले खेलकुद क्षेत्रमा भइरहेको बिकृति र बिसंगतिहरुलाई हटाउन परिषदले काम गर्नुपर्ने बताउनुभयो । खेल क्षत्रमा भएका फोहोरलाई हटाउन सबै लाग्नुपर्ने उहाँको भनाई छ । खेलाडीका लागि बिकाश नभएको बताउँदै उहाँले भन्नुभयो–‘अहिले पनि राम्रा खेलाडी ब्यावसायीक खेलबाट बाच्ने अवस्था छैन । कोही आर्मी, ससस्त्र, जनपथ प्रहरीमा सिपाइमा जागिर खानुपर्ने अवस्था छ । यो अवस्थाबाट मुक्त दिलाउनुपर्छ ।’


प्रदेशमा खेलकुद पूर्बाधारका क्षेत्रमा प्राथमिकताका साथ काम गरिनुपर्ने उहाँको भनाई छ । सुबिधा सम्पन्न रंगशाला निर्माण गरेर काम गर्नुपर्ने अहिलेको आवस्यक्ता रहेको उहाँले बताउनुभयो । नव नियुक्त सदस्य सचिब सूर्यलाल भण्डारीले सबै क्षेत्रको सहकार्यमा काम गर्न आफु तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का नीति तथा योजान आयोगका सदस्य डाक्टर एमुना कडेल, मन्त्रालयका सचिब दिपेन्द्र सुबेदी लगायतकाको उपस्थित रहेको थियो । नब नियुक्त सदस्य सचिब भण्डारीले आजै पदभार पनि ग्रहण गर्नुभएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



द्वन्दले खुसी खोसियो,कोख रित्तियो

संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ

मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता

चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top