मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 द्वन्दले खुसी खोसियो,कोख रित्तियो     संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल   

मकवानपुर समाचार

हेटौंडामा मन्त्री यादवको आक्रोशः ‘मुलुक सुधार्न राजनीतिक नेतृत्व सुध्रनुपर्छ’


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

हेटौंडामा मन्त्री यादवको आक्रोशः ‘मुलुक सुधार्न राजनीतिक नेतृत्व सुध्रनुपर्छ’

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादबले मुलुकको सुधारका लागि राजनीतिक नेतृत्व सुध्रनुपर्ने वताउनु भएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा नव निर्मित टैंकर क्यालीब्रेशन टावरको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले जनताको अगाडी राजनीतिक नेतृत्व र कर्मचारी तन्त्र बदनाम भएको आरोप लगाउनुभयो । तेल क्षेत्रमा कर्मचारी देखि राजनीतिक तह सम्म वदनाम भएको उहाँले बताउनुभयो ।

अव यस क्षेत्रमा भएको कमी कमजोरी सुधार गर्नका लागि क्यालीब्रेशन टावरको निर्माण गरिएको वताउनुभयो । अब बिक्रृति विरुद्धको आन्दोलनको आवस्यक्ता रहेको वताउँदै उहाँले भन्नुभयो–‘अवको आन्दोलन भनेको बिकृति, विसंगति विरुद्धको आन्दोलन सुरु गर्ने हो । मुलुकका धेरै क्षेत्रका आन्दोलन सकिएकाले अव बिकृति बिरुद्धको आन्दोलन आवस्यक छ ।’

भाषण गर्नका लागि सजिलो भएपनि राजनीतिमा सुधार गर्नका लागि निकै गारो भएको भन्दै मन्त्री यादवले भन्नुभयो–‘हामी राम्रो भएमा अरु सबै ठिक हुन्छ । पहिले हामी आफै ठिक हुन जरुरी छ ।’ अब मुलुकको समृद्ध यात्रामा जुट्नका लागि उहाँले आग्रह गर्नुुभयो । कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एमकुमारी खतिवडाले पहिलो पटक नेपालमा यसको प्रयोगको सुरुवात गरिएको वताउनुभयो । यसको परिक्षणपछी उपभोक्ताको हक हितका लागि काम हुने उहाँले वताउनुभयो । कर्मचारी तन्त्रले तेल क्षेत्रमा नराम्रो काम गरेमा कार्बाही गर्न आफु तयार रहेको वताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



द्वन्दले खुसी खोसियो,कोख रित्तियो

संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ

मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता

चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top