मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

समाज

पुर्वि मकवानपुरको बकैया नदिमा तटबन्धन सुरु


  • समाज
  • 15 पटक पढिएको
हेटौंडा एफएम, २८ चैत/पुर्वी मकवानपुरको केन्द्र बकैया गाउँपालिकामा रहेको बकैया नदिमा तटबन्धन सुरु भएको छ । बकैया खोलाले ल्याउने बाढीले वर्षेनी गर्ने कटानको समस्यालाई न्युनिकरण गर्नको लागि तटबन्धनको काम सुरु भएको छ । बकैयागाउपालिको अधिकांश वडाहरुलाई छिचोलेर बग्ने खोलामा तटबन्धन हुने भएपछि बाढीको समस्याले पीडित कृषकहरुमा खुसीयाली छाएको हो ।

पुर्वि मकवानपुरको बकैया नदिमा तटबन्धन सुरु

 बकैया गाउँपालिकाका् कर्मचुली, हर्क्िटनि,रमनटार (अठारेविगाह),जुइना क्षेत्र वरपर चुरे तराई संरक्षण समितिले  कृतिम बाध स्पोर लगाएको हो । जलउत्पन प्रकोप कार्यलाय मकवानपुर सहयोगमा सुरु भएको कार्यक्रम अन्र्तगत यो वर्ष २ करोड ८७ लाख रुपैँया खर्च गरिने कर्मचुली बस्ती बचाउका अध्यक्ष विश्व राज विकलले बताए । बाँध संरक्षण समितिले ६ सय देखि ७ सय घर धुरिलाइ प्रत्यक्ष लाभ भुमी संरक्षण गर्ने लक्ष्य सहित काम सुरु गरेको हो । गत पौषको अन्त्यबाट सुरु भएको योजना आउँदो असारको अन्त्यसम्म सक्ने लक्ष लिईएको विकलको भनाई रहेको छ । करिब ५ हजार हेक्टर बन क्षेत्रमा लगाईने बाँधले कृषी पेशामा जीवन चलाउने बकैयाका करिब ५ हजार जना प्रतक्ष फाईदामा पुग्ने बताईएको छ ।  चुरे तराई संरक्षण विकास समितिको काम पश्चात अब ब्यवसायीक कृषि पेशाबाट पनि आम्दानी गर्न सकिने बकैया कर्मचुलीका कृषकहरुको भनाई रहेको छ । बकैयाको कटानबाट पीडित बनेका करिब ७ सय घरधुरिलाई पहिलो चरणको कार्यक्रमले फाईदा पुग्ने भएपनि बकैयाका अन्य भुभागमा पनि कटानको समस्याले निकै पीडित वासिन्दा हरु राज्यले यसप्रकारका अन्य कार्यक्रमहरुपनि ल्याउनुपर्नेमा जोड दिन्छन् । प्रदेश नंबर ३ कै सबैभन्दा ठुलो गाउँपालिकाको रुपमा रहेको बकैयाको अधिकांश भागहरु चुरे क्षेत्रमा पर्ने र यहा बकैया र सिमात जस्ता ठुला खोलाहरु रहेकोले पनि कटानको समस्याले बर्षेनी सयौ हेक्टर जमिन बगरमा परिणत हुने गरेको छ । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top