मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

मकवानपुर समाचार

मकवानपुरमा लागूऔषध नियन्त्रण गर्न सबै पक्ष लाग्न आग्रह


  • मकवानपुर समाचार
  • 3 पटक पढिएको
हेटौंडा

लागूऔषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवस हेटौंडामा प्रभातफेरी गरेर मनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवापनुरबाट सुरु गरिएको प्रभातफेरी बाईपास रोड, बसपार्क क्षेत्र, टिसिएन रोड हुँदै बुद्धचोकमा आएर सभामा परिणत भएको थियो । जिल्ला स्तरिय लागूऔषध नियन्त्रण अभियान मकवानपुरको आयोजजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागिहरुले लागूऔषध नियन्त्रण गर्नका लागि सबै पक्ष उत्तिकै जिमेवार भएर लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले लागूऔषध नियन्त्रण गर्नका लागि प्रशासन र प्रहरीले मात्र नसक्ने भएकाले स्थानीय तह संगै आम नागरिक समाज लाग्नुपर्ने बताउनुभयो । चालु आर्थिक बर्षमा मात्र मकवानपुरको राक्सीराङ्, कैलाश, बकैयाँ लगायतका गाउँपालिकामा ३ सय ४२ बिगाहा क्षेत्रफलको गाँजा नष्ट गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ को आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिब बालकृष्ण निरौलाले लागूऔषध नियन्त्रणको अभियानमा आफुहरु पनि सहकार्य र समन्वय गरेर काम गर्न तयार रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले अपराधिक घटनामा प्रहरी कस्टडीमा रहेका मध्यमा ६० प्रतिशत थुनुवा लागूऔषध ओसार पसारमा संलग्न रहेको बताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड

मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा

‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top