मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं   

मकवानपुर समाचार

काग्रेश सांसदद्वारा ३ नम्बर प्रदेशसभा बैठक अबरुद्ध


  • मकवानपुर समाचार
  • 11 पटक पढिएको
हेटौंडा

काग्रेश सांसदद्वारा ३ नम्बर प्रदेशसभा बैठक अबरुद्ध

प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक नेपाली काग्रेशका सांसदहरुले आज अबरुद्ध गरेका छन् । प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै कांग्रेसले आज प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

आजको बैठक आज बिहान ११ बजेलाई बोलाइएको थियो । त्यसपछी प्राबिधिक कारण देखाउँदै दिउसो ३ बजेलाई सूचना टाँस गरेर सारीएको थियो । तीन बजे काग्रेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनियाँले आफ्ना कुरा राख्ने बित्तिकै संसद अबरुद्ध गरिएको हो ।

सांसदहरुले उठेर संसद अघि बढ्न नदिएपछि सभामुख सानुकुमार श्रेष्ठले आधा घण्टाका लागि संसद स्थगित भएको थियो । तर, अहिले सम्म संसद चल्न सकेको छैन । संसद बैठक कतिखेर बस्छ भनेर सांसदहरु कुरेर बसिरहेका छन् । बैठक कतिखेर सुरु हुन्छ भन्ने कुनै टुङ्गो छैन ।

प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता  बानियाँले बोल्ने बित्तीकै प्रदेश सांसदहरुले बैठक अबरुद्ध गरेका हुन् । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विनियोजन विधेयक नीति तथा योजना आयोगलाई पूर्ण रुपमा वेवास्ता र अपमान गरेको बताउनुभयो ।

नीति तथा कार्यक्रम अनुसार नै सानातिना आयोजनामा बजेट विनियोजन गर्ने परिपार्टीलाई निरुत्साहित गर्न पचास लाख रुपैया भन्दा माथिका आयोजना मात्र छनौट गरी कार्यान्वयन ल्याउने भनिए पनि १० लाख रुपैंयासम्मको बजेट राखेर आर्थिक अनुशासन मिचेको उहाँको भनाई थियो । अर्थ विविध शिर्षकमा ८ अर्ब बजेट छुट्याउँदा अनियमितता हुने उनहाँले बताउनुभयो ।

बजेटमा १३ जिल्ला मध्ये ४ जिल्लालाई मात्रै बजेट राखिएको, मन्त्रीमुखी मात्रै बजेट विनियोजन भएको जस्ता मुद्धा कांग्रेसले उठाएको छ । रसुवा र सिन्धुपाल्चोकलाई कृषिमा बजेट शुन्य पारेर असली चरित्र प्रर्दशन गरेको नेता बानियाँले बताउनुभयो । उहाँले राजधानीको विषय बजेट अघि नै टुंगो लगाउने विषय दुई तिहाईको सरकारले किन वेवास्ता गरेको बताउँदै कांग्रेसले पटक पटक आवाज उठाउदा समेत अघि नबढाउनु निन्दनीय रहेको बताउनुभयो । नेता बानियाँले स्वयंसेवकको नाममा ३५ हजार रुपैँया तलब दिनु आर्थिक अनुशासन विपरित भएको समेत बताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड

मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top