मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं   

मकवानपुर समाचार

मुआब्जा दिएर मात्र २५ मिटर बिस्तार गर्न पाइन्छ–मकवानपुर उद्योग बाणिज्यसंघ


  • मकवानपुर समाचार
  • 9 पटक पढिएको
हेटौंडा

मुआब्जा दिएर मात्र २५ मिटर बिस्तार गर्न पाइन्छ–मकवानपुर उद्योग बाणिज्यसंघ

 मकवानपुर उद्योग बाणिज्यसंघले पूर्ब पस्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा २५ मिटर घर भत्काउँदा मुआब्जा दिनुपर्ने माग गरेको छ । आज पत्रकार समेलन गर्दै उद्योग बाणिज्यसंघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका संयोजक कृष्ण कटुवालले राजमार्ग क्षेत्रमा १६ मिटर मात्र भत्काउँदा क्षेतिपुर्ति दिनु नपर्ने तर, २५ मिटर भत्काउँदा मुआब्जा दिनुपर्ने बताउनुभयो । आफूहरु बिकाश बिरोधी नभएको उहाँले बताउनुभयो ।

हाल आएर हेटौंडा नगर क्षेत्रभित्रका २ हजार घरधुरीमा लगानी भएको करिब ४० अर्ब लगानी रहेको छ । सो घरधुरीमा रहेका साना तथा ठूला व्यवसायीहरुको करिब २० अर्ब गरी जम्मा झण्डै ६० अर्बको लगानीलाई सरकारले बल प्रयोग गरेर सुकुम्बासी बनाउन नमिल्ने बताउनुभयो ।
वर्तमान अवस्थामा बनेका संरचनाहरु भत्काउनुको अर्थ सुन्दर तथा हरियाली नगरीको रुपमा सुपरिचित ऐतिहासिक हेटौंडा नगरीको शोभालाई कुरुप बनाउनु मात्र नभई नगरमा व्यवसाय गरी रहेका करिब ५ हजार साना ठूला व्यवसायीहरु सुकुम्बासी बन्ने वा पलायन हुने निश्चित रहेको अध्यक्ष कटुवालले बताउनुभयो ।

राज्यलाई आवश्यक, नागरिकको जमिन तथा सम्पत्तिको उचित एवम् पर्याप्त मूल्यांकन गरी न्यायिक रुपमा मुआब्जा एवम् क्षतिपूर्ति दिई राज्यले लिंदा प्रभावकारी, जवाफदेही र जिम्मेवारीपूर्ण हुने उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका पूर्ब अध्यक्ष उत्तम शर्मा ढकाल, बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने लगायतकाको उपस्थित रहेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड

मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top