मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी     बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल     शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल   

मकवानपुर समाचार

हेटौंडाको बजेट एक अर्ब ८१ करोड, आन्तरिक आमदानी ३० करोड


  • मकवानपुर समाचार
  • 12 पटक पढिएको
हेटौंडा

हेटौंडाको बजेट एक अर्ब ८१ करोड, आन्तरिक आमदानी ३० करोड

हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकका अवसरमा यो बजेट प्रस्तुत गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको बिभीन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट ल्याइएको छ । त्यसैगरी संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने छ । उपमहानगरपालिकाको गतबर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरीने उपप्रमुख लामाले बताउनुभयो ।

बजेटमा दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्ता लगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ बिनियोजित गरिएको लामाले बताउनुभयो । कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ ।

उपमहानगरपालिकाले पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएर काम गर्न लागिएको उपप्रमुख लामाले बताउनुभयो । त्यसैगरी हेटौंडालाई सफा, हरियाली, फूलैफूलको सहर निर्माणको कामलाई प्राथमिकता दिइएको छ ।

जनप्रतिनिधिको कामको गति अनुसार कानुन छैन –मेयर महत

हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महतले आफुहरुको कामको गति छिटो भएको तर, त्यस अनुसार कानुन नभएकाले समस्या सृजना भएको बताउनुभएको छ । आज उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकका अवसरमा बोल्दै उहाँले कामको स्प्रिड अनुसार कानुन भएमा काम गर्न सहज हुने बताउनुभयो । नेपालमा निर्माणको क्षेत्रमा निर्माण ब्यावसायीले बनाएको कानुन भएकाले यो समस्या आएको हुन सक्ने आसंका ब्यक्त गर्नुभयो ।

हेटौंडामा सडक फराकिलो बनाउने काम संगै फूलै फूलको शहरका रुपमा बिकाश गर्नका लागि आफू लागिपरेको बताउँदै मेयर महतले भन्नुभयो–‘हामै परिकल्पनाबाट शहिद स्मारक अहिलेको अवस्थामा पुग्यो । हेटौंडा बजारमा हरियाली भयो अब भने फूलै फूलको शहरका रुपमा बिकाश गर्न चाहन्छौ ।’ पूर्बाधारका काम संगै सामाजिक क्षेत्रमा उल्लेख्य काम गरिएको उहाँले बताउनुभयो । आफू थोरै बोल्ने तर, काम धेरै गर्नका लागि रुचाउने बताउनुभयो । पाँच बर्षको कार्यकालमा हेटौंडालाई नमुना शहरका रुपमा बिकास गरिने उहाँले बताउनुभयो ।







सम्बन्धित शिर्षक समाचारहरु



घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल

पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल

प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा

संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी

बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल

सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल

उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top