मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ     प्रदेश ३ का सांसदलाई बिदेश घुम्न २० लाख   

मकवानपुर समाचार

हेटौंडाका २० जना कृषक पुरस्कृत


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

हेटौंडाका २० जना कृषक पुरस्कृत

 हेटौंडाको पल्पसा हलमा आयोजित कृषि मेला प्रदशनीमा आज २० जना किशानलाई पुरस्कृत गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा प्रतियोगितात्मक कृषि मेला प्रदशनीका क्रममा बिभीन्न खालका तरकारी, अन्नबाली राम्रो संग खेति गर्ने किशानलाई पुरस्कृत गरिएको हो ।

किशानलाई फलफूल लगायत ५ बिधामा चार जनाका दरले २० जनालाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले पुरस्कृत गर्नुभयो । किशानहरुका लागि हौसला प्रदान गर्नका लागि यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । बिकाश निर्माणका काम संगै किशानहरुको उत्पादन क्षेत्रमा काम गर्नका लागि आफुहरु तयार रहेको लामाले बताउनुभयो ।

उपमहानगरपालिका वडानम्बर १९ का अध्यक्ष तथा कृषि समितिका संयोजक नरनाथ सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष माधब न्यौपाने, राष्ट्रिय कृषक महासंघ मकवानपुरका अध्यक्ष महानन्द सापकोटा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले किशानलाई बिचौलीयाबाट मुक्ति दिलाउनुपर्ने बताएका छन् । स्थानीय सरकारले कृषि क्षेत्रमा लगानी गरिनुपर्ने सहभागिहरुले बताएका छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top